कांग्रेसको निर्णय आवश्यकता र औचित्यताको आधारमा तालमेल गर्ने हो, गठबन्धन होइनः डा.कोइराला
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार २२:२:४९
२३ चैत, विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्ता गठबन्धनमा रहेका दलमा अझैपनि निर्वाचनमा मिलेर जाने भन्ने विषयमा भ्रम र अस्पष्टता रहेको बताएका छन् । उनले कांग्रेसभित्रै पनि कतिपयले चुनावी गठबन्धन र तालमेलका विषयलाई एउटै कोणबाट व्यख्या गरिरहेको बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले कांग्रेस केन्द्रीय समितिको निर्णय गठबन्धन गरेर जाने नभई आवश्यकता र औचित्यताका आधारमा तालमेल गर्न सकिने भएको बताए । उनले गठबन्धन र तालमेलका विषयमा भ्रम रहेकाले यसलाई प्रष्ट नपारे भोली अप्ठ्यारो पर्न सक्ने बताए ।
कोइरालाले केन्द्रीय समितिको निर्णयप्रति आफु प्रतिबद्ध रहेको भन्दै आवश्यकता र औचित्यका आधारमा तालमेल गर्दा पनि त्यसको अधिकार जिल्ला र क्षेत्रलाई दिइएको बताए । उनले केन्द्रले हस्तक्षेप गर्दा भोली देशभरी विरोध हुने भएकाले उम्मेदवार छान्ने काममा पनि केन्द्रले हस्तक्षेप गर्न नमिल्ने बताए ।
कोइरालाले पार्टीमा भागबण्डाको राजनीति गर्न नहुने भन्दै आफु भागबण्डाको विपक्ष्ँमा रहेको र सभापतिले पनि म गर्दिन भनिरहेको उल्ल्ेख गरे । सभापति देउवाले सबैलाई मिलाएर न्यायोचित ढंगले पार्टीलाई अगाडी लगे कही पनि विवाद नआउने बताए । पेलेर पार्टी चलाउन खोजे मात्रै आफुले त्यसको प्रतिकार गर्ने कोइरालाको भनाई छ ।
उनले भने, ‘हामीहरूले गठबन्धन गर्नु हुँदैन नेपाली कांग्रेस एक्लै लड्नुपर्छ भनेर भन्यौं, हामीहरू त प्रतिशतको हिसाबले धेरै कम छौँ केन्द्रीय समितिमा’ कोइरालाले भने, ‘गठबन्धन नै गरेपछि तालमेल गर्ने भनेको छ, कन्फ्युजन नहुनुहोस्, आवश्यकता र औचित्यताको आधारमा तालमेल गर्ने भनेको छ, नेपाली कांग्रेसका कार्यकर्ताहरूले फेरि विरोध गरे भने त अप्ठेरो हुन्छ नि त, त्यसले सत्ता गठबन्धनलाई पनि त अप्ठेरो पार्छ ।’
उनले जबरजस्ती गठबन्धन गरिए त्यसको जवाफ आफुले दिन नसक्ने बताए । कोइरालाले केन्द्रीय समितिको निर्णय भन्दा आफुले अलिकति पनि दायाँबायाँ नगर्ने स्पष्ट पारे । केन्द्रबाटै उम्मेद्वार पनि टुंगो लगाउन खोजिए देशव्यापी विरोध हुने चेतावनी दिए । कोइरालाले कांग्रेसले माओवादीलाई होइन कांग्रेसलाई जिताउँ भन्ने अभियान चलाउने बताए ।
गठबन्धन दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले केहिदिन अघि कोइरालालाई लक्षित गर्दै गठबन्धन नचाहनेलाई एक्लै चुनाव लड्न दिनुपर्ने र हैसियत थाहा हुने भन्ने अभिव्यक्तिको प्रसंगमा उनले अरु पार्टीले के भन्दैछन् भन्नेतिर आफ्नो ध्यान नभएको बताए ।
‘माधव नेपालले के भन्नु भयो भन्ने सरोकारको बिषय होइन, कांग्रेसले के भन्दैछ भन्ने मुख्य कुरा हो’ उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय समितिले के निर्णय गरेको छ त्यो महत्वपूर्ण कुरा हो ।’ उनले ताममेलकै लागि भनेर केन्द्रीय तहमा संयन्त्र बन्नु ठिकै रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार