पाँच स्वास्थ्य संस्थाको भवन निर्माण हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार २२:१६:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/Building2-scaled_5ii0jAzoVM.jpg)
२३ चैत, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकामा पाँच वटा स्वास्थ्य संस्थाको भवन निर्माण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वालिङ नगरपालिकाको साझेदारीमा वालिङका पाँच वटा स्वास्थ्य संस्थाका भवन निर्माण हुने भएको हो ।
वालिङ वडा नं. ५ मा जगतभञ्ज्याङ स्वास्थ्यचौकी, वडा नं. १२ मा सिर्सेकोट स्वास्थ्यचौकी, वडा नं. ९ मा डुडखोला शहरी स्वास्थ्य केन्द्र, वडा नं. ११ मा कागतीभञ्ज्याङ शहरी स्वास्थ्य केन्द्र र वडा नं. १४ को डुम्रेभञ्ज्याङमा शहरी स्वास्थ्य केन्द्रकालागि बजेट बिनियोजन भई बोलपत्र आब्हान गरिसकिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
वडा नं. ५ र १२ मा स्वास्थ्यचौकीको दुई वटा भवन निर्माणकालागि ६४/६४ लाख, तीन वटा शहरी स्वास्थ्य केन्द्रकालागि ३८ लाखका दरले रकम विनियोजन भएको हो ।
“दुई वटा स्वास्थ्यचौकी र तीन वटा शहरी स्वास्थ्य केन्द्रकालागि बोलपत्र आब्हान गरिसकेका छौं” उनले भने, “अब केही दिनमा निर्माण कम्पनी छनोट भई तोकिएको समयावधिभित्रै भवन निर्माण सम्पन्न हुने छ ।” दुई वर्ष पहिलेदेखि रोकिएको कार्य अहिले शुरु भएको उनले बताए ।
नगरका १४ वटै वडामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन, स्वास्थ्यकर्मीहरुमार्फत नागरिकलाई आधारभूत स्वास्थ्यको पहुँच पुर्याइने उनले बताए । नगरपालिकाका १४ वटै वडामा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालसहित, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्रहरु स्थापना भईसकेका छन् ।
वालिङका नागरिकको स्वास्थ्यप्रति नगरपालिका सचेत रहेकाले यहाँका कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर हुनुनपर्ने उपप्रमुख कल्पना तिवारीले बताए ।
स्वास्थ्य संस्थाको भवन निर्माणकालागि बजेट विनियोजन भएका स्थानहरुमा जग्गा प्राप्ति भईसकेकाले भवन निर्माण पनि थालिने स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । बुधबार वालिङ ५ स्थित जगतभञ्ज्याङ स्वास्थ्यचौकीको नगर प्रमुख दिलीपप्रताप खाँणले शिलान्यास गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक सुरु
फागुन ६, २०८१ मंगलबार
बूढानीलकण्ठबाट अनलाइन जुवा कारोबारमा सम्लग्न रहेको आरोपमा २४ भारतीय पक्राउ
फागुन ६, २०८१ मंगलबार
केआईआईटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही
फागुन ६, २०८१ मंगलबार
‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार