चितवनमा मलाई हराउने षड्यन्त्रमा देशीविदेशी शक्तिहरु लागेका छन्ः प्रचण्ड
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार २२:३५:२
२३ चैत, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । उनले माओवादीलाई कम्जोर बनाएर प्रचण्डलाई हराउन सकिन्छ कि भनेर देशीविदेशी शक्ति मिलेर षडयन्त्रमा लागेको बताए ।
बुधबार चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशभित्रका र बाहिरका पनि केही शक्ति चितवन जिल्लामा माओवादीलाई कमजोर पार्ने र प्रचण्डलाई षड्यन्त्रमा लागेको बताएका हुन् । ‘एकथरि प्रतिक्रियावादीको ध्यान चितवन जिल्लामा माओवादीलाई के गरी कमजोर पार्न सकिन्छ भन्नेमा छ । चितवन जिल्लामा प्रचण्डलाई कसरी हराउने भन्नेमा छ’ उनले भने ।
माओवादीलाई कमजोर पारे मात्र परिवर्तनका एजेण्डा कमजोर हुने भन्दै केही शक्ति माओवादीविरुद्ध लागेको प्रचण्डको दावी छ । चितवनमा माओवादीले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा राम्रो काम गरेको प्रचण्डले दावी गरे ।
‘चितवनमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, नदी तटबन्धदेखि तमाम विकासका कामलाई अग्रगति दिने काम गर्दा पनि प्रतिक्रियावादीले किन षड्यन्त्र गरिरहेका छन्’ उनले प्रश्न गरे, ‘चितवनको विकास र समृद्धिको काममा लाग्नु गल्ती हो त ?’ प्रचण्डले चितवनलाई विकास, शान्ति र परिवर्तनको मोडल जिल्ला बनाउने बताए ।
चितवनको भरतपुरमा आयोजित अर्को लालपूर्जा वितरण कार्यक्रममा भने प्रचण्डले आफू भरतपुर महानगरपालिका मेयर रेनु दाहाल प्रचण्डको मात्रै छोरी नभएको बताए । उनले २०७४ सालमा रेनु आउँदा सबैले प्रचण्डको छोरी आइ भन्ने गरेको बताए ।
‘रेनुको आफ्नै त्याग, तपस्या थियोे । रोल्पा रुकुमका जिल्लादेखि भारतका विभिन्न सहरमा भूमिगत रुपमा काम गरेका आफ्नै अनुभव थिए’ प्रचण्डले भने, ‘मलाई खुसी छ । प्रचण्डको छोरी होइन रनुको बुवा प्रचण्ड भएको छ । महिलाहरुले चाहे भने धेरै गर्न सक्छन भन्ने पुष्टी भएको छ ।’ महिलाले आट गरेमा गर्न सक्छन भन्ने भूमी मन्त्री सशी श्रेष्ठदेखि उर्जा मन्त्री पम्फा भुसालले पुष्टी गरेको प्रचण्डले दाबी गरे ।
‘महिलाले अग्रसरता लिँदा इमान्दारीता, लगसिलता सुशासन तुलनात्मक रुपमा बढी देखियो । त्यहीँ भएर बढी भन्दा बढी पालिका मेयर उपमेयर बनाउन सोचेको छु’ प्रचण्डले भने, ‘एक पटक मलाई इच्छा महिलालाई अलि बढी नै जिम्मेवारी दिएर हेरौं न भन्ने छ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार