आयोगको अर्थ मन्त्रालयलाई पत्र, कुनै कुराले निर्वाचन सुरक्षामा प्रभाव नपारोस
नेपालबहस संवाददाता
चैत २४, २०७८ बिहिबार १७:४९:४७
२४ चैत, काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचन सुरक्षार्थ खटिने सुरक्षाकर्मीका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन अर्थमन्त्रालयलाई निर्देशनात्मक पत्र पठाएको छ । सुरक्षा निकायबाट अघिल्लो निर्वाचनका समयमा पनि समयमै आवश्यक स्रोतसाधन नपाएर समस्या भएको गुनासो गरेपछि आयोगले पत्र लेख्दै अर्थलाई समयमै उपलब्ध गराउन भनेको हो ।
निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा निकायका अधिकारीहरुले पुराना स्रोतसाधनको भरमा निर्वाचन गराउन कठिन हुने र गएको निर्वाचनमा प्रयोग भएका प्राय काम नलाग्ने अवस्थामा रहेको जानकमरी गराएका थिए ।
आयोगकाअनुसार सुरक्षाकर्मीलाई पेट्रोलिङका लागि सवारीसाधनको अभाव समेत रहेको र भएका सवारीसाधन कतिपय कामै नलाग्ने अवस्थामा पुगेको गुनासो बैठकमा आएको थियो ।
निर्वाचनमा मतदान केन्द्र, त्यसबाहिर र नजिकको क्षेत्रमा गरी तीन तहको सुरक्षा घेरा बनाइएको छ । सुरक्षा समसतको छलफलमा निर्वाचन आयोगका प्रतिनिधिले स्रोतसाधनको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराउने बताएका थिए ।
सुरक्षा निकायलाई आवश्यक पर्ने सवारीसाधन, उपकरण, हातहतियार लगायतका विषयमा केन्द्रिय निर्वाचन सुरक्षा समितिको बैठकमा छलफलपछि निर्वाचन आयोगका आयुक्तहरुको बैठकबाट अर्थलाई पत्र लेख्ने निर्णय भएको थियो । स्थानीय तहको निर्वाचन आउन अब ३६ दिन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार