आजदेखि सर्वसाधारणको लागि उपकार लघुवित्तको आईपीओ खुल्यो, बीस कित्ता भर्दा उपयुक्त
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार १६:७:२१
२४ चैत, काठमाडौं । उपकार लघुवित्तले सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ बिक्रीमा ल्याएको छ । लघुवित्तले आज चैत २५ गते शुक्रबारदेखि सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ बिक्रीमा ल्याएको हो ।
लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ को ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका २ लाख ३६ हजार २५० कित्ता आईपीओ बिक्रीमा ल्याएको छ ।
निष्काशन गरिने कुल शेयरमध्ये ०।५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको बिक्रीमा ल्याएको आईपीओमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कति कित्ताको लागि दिने आवेदन ?
उपकार लघुवित्तले सर्वसाधारणको लागि छुट्याएको २ लाख २१ हजार १५६ कित्ता नेपाल धितोपत्र बोर्डको निर्देशिका अनुसार गोलाप्रथा मार्फत बाँडफाँड हुँदा २२ हजार ११५ जना सर्वसाधारण आवेदकले १० कित्ताको दरले आईपीओ पाउनेछन् ।
कम्पनीले आईपीओ बाँडफाँड गर्दा ६ कित्ता भने एक्स्ट्रा हुन जान्छ । एक्स्ट्रा कित्ता आईपीओ पाउने ६ जनालाई १ कित्ताको दरले थपेर ११ कित्ता आईपीओ दिने व्यवस्था छ । यद्दपी कम्पनीको आईपीओ ६ जनाले ११ कित्ताको दरले पाउने भएकाले सर्वसाधारण लगानीकर्ताले २० कित्ताको लागि आवेदन दिदा उपयुक्त हुने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार