वालिङमा क्षयरोग मुक्त नेपाल घोषणा अभियानको थालनी
नेपालबहस संवाददाता
चैत २४, २०७८ बिहिबार १९:९:१७
२४ चैत, काठमाडौं । ‘क्षयरोग अन्त्यकालागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराकासाथ क्षयरोग मुक्त नेपाल घोषणा अभियान अन्तर्गत स्थानीय समितिको अभिमुखीकरण कार्यक्रम आज वालिङमा गरिएको छ ।
वालिङ नगरपालिकाको आयोजनामा जनप्रतिनिधिहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख कल्पना तिवारीले यस अभियानलाई सफल सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गरे । उनले नियमितरुपमा औषधि सेवन गरेको खण्डमा समयमै निको हुने र अरुलाई पनि नसर्ने भएकाले रोग नलुकाउन पनि आग्रह गरे ।
रोग लुकाएर होईन समयमै रोगको पहिचान गरेर औषधि उपचार गरेमा निको हुने भएकाले विशेष गरी सचेतनामूलक कार्यक्रम सञ्चालनतर्फ जोड दिनुपर्ने उनले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले क्षयरोग मुक्त नेपाल घोषणा राष्ट्रिय अभियान भएको र यसलाई स्थानीय सरकारले अवलम्बन गर्दै घर घरमा पुगेर रोगको पहिचान गरी निदान गर्नतर्फ अगाडि बढिने बताए ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा, स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले नेपाललाई क्षयरोग मुक्त गर्ने लक्ष्यसहित अगाडि बढिरहेको अवस्थामा वालिङ नगरपालिकामा सञ्चालन हुन लागिरहेको यस अभियानलाई घर घरमै पर्याईने बताए ।
यसैबीच आज नै वालिङ नगरपालिकाको आयोजनामा टाईफाईड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईड खोपको शुरुवात पालिकास्तरीय अभिमुखीकरण तथा योजनासम्बन्धी एक अन्तरक्रिया गरिएको थियो ।
वालिङ नगरपालिकाभित्र १५ महिनादेखि १५ वर्षभन्दा मुनीका झण्डै १५ हजार बालबालिकालाई सामुदायिक तथा संस्थागत विद्यालयमा पुगेर चैत २५ गतेदेखि टाईफाईडको खोप लगाईने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार