डीआईजीका रिक्त तीन पदमा ३३ एसएसपीको भिडन्त, सबैलाई शक्तिकेन्द्रकै भरोसा !
नेपालबहस संवाददाता
चैत २४, २०७८ बिहिबार २०:३३:३३
२४ चैत काठमाडौं । नेपाल प्रहरीको डीआईजीमा रिक्त तीन पदमा बढुवाका लागि प्रक्रिया सुरु गर्न लागिएको छ । एआईजीको दरबन्दी थपिसँगै डीआईजीमा बढुवाका लागि दौडधुप सुरु भएको हो । बढुवा क्रममा रहेका एसएसपीहरूले डीआईजी बन्नका लागि दौडधुप सुरु गरेका छन् ।
बढुवामा पर्नकै लागि शक्तिकेन्द्र धाउने प्रतिस्पर्धा पनि सुरु भएको छ । प्रहरीमा राजनीतिक हस्तक्षेप बढेसँगै बढुवा प्रक्रिया सुरु नहुँदै शक्तिकेन्द्रहरु धाउने चलन कायमै छ । अहिले ३३ जना एसएसपी डीआईजीमा बढुवा हुन तम्सिएका छन् ।
प्रहरी प्रधान कार्यलयकाअनुसार हाल नेपाल प्रहरीमा तीनज डीआईजीको दरबन्दी रिक्त छ । डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुक एआईजीमा बढुवा भएपछि उनीहरूको स्थानमा डीआईजी बन्न एसएसपीहरूले सक्रियता बढाएका छन् ।
निर्वाचन आचारसंहिता लाग्नुभन्दा पहिले बढुवा हुन पाए निर्वाचनको कमान्ड समेत गर्न पाउने भएकाले उनीहरू सक्रिय भएका हुन् । उनीहरूले प्रधानमन्त्री, गृहमन्त्री, संवैधानिक आयोगका प्रमुख, सत्तारूढ दलका नेताहरूसँग आफूलाई डीआईजीका लागि सिफारिस गर्न आग्रह गर्दै आएको बताइन्छ ।
अहिलेनै डीआईजी बन्न पाए भावी आईजीपीको दौडमा बाटो खल्ला हुनेछ । यसले पनि शक्तिकेन्द्र रिझाउन सबैजसो एसएसपीहरू सक्रिय देखिएका छन् । हाल नेपाल प्रहरीमा तीन ब्याचका ३३ एसएसपी डीआइजीको प्रतिस्पर्धामा छन् ।
प्रधान कार्यलयकाअनुसार एसएसपीहरू विष्णु केसी, कुबेर कडायत, सुदीप गिरी, राजेश बास्तोला, जनक भट्टराई, केदार ढकाल, यज्ञविनोद पोखरेल छन् । यस्तै उमेशराज जोशी, दीपक थापा, वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, सन्दीप भण्डारी, अशोक सिंह, भीम ढकाल, रामदत्त जोशी, श्याम ज्ञवाली, दुर्गा सिंह प्रतिस्पर्धामा छन् ।
डीआईजी बढुवामा उमेशराज जोशी, दीपक थापा, अशोक सिंह, रामदत्त जोशी, श्याम ज्ञवाली, सुदीप गिरी, टेकप्रसाद राईको चर्चा बढी रहेको प्रहरी अधिकारीहरु बताउछन् । अहिलेलाई तीन जना र आउँदो वैशाख १९ गतेपछि अरूले पनि डीआईजी बन्ने अवसर प्राप्त गर्नेछन् ।
आईजीपी शैलेश थापासँगै उनका ब्याची एआईजी र डीआईजी पनि अवकाशमा जानेछन् । यसपछि ठूलो संख्यामा एसएसपी दरबन्दी खाली हुने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार