निर्वाचन आयोगमा एमालेको ६ बुँदे विरोध पत्र, ‘मन्त्री, प्रधानमन्त्रीलाई बन्देज गर्न मिल्दैन’
नेपालबहस संवाददाता
चैत २४, २०७८ बिहिबार २०:३४:३०
२४ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचासंहिताप्रति असहमति राख्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । उसले बिहीबार महासचिव शंकर पोखरेलको नेतृत्वमा आयोग पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
एमालेले आयोगले बुझाएको ध्यानाकर्षण पत्रमा स्थानीय पालिका सदस्यहरू, मन्त्री र प्रधानमन्त्रीले चुनावी प्रचार अभियानमा संलग्न हुन नपाइने प्रस्तावको विरोध गरेको छ । उसले मन्त्री, प्रधानमन्त्री पक्षपाती देखिन नहुने भए पनि चुनाव प्रचार नै रोक्नु गलत हुने दाबी गरेको छ ।
आयोगले तयार गरेको आचारसंहिताप्रति एमालेसहित साना दलले प्रश्न उठाउदै आएका छन् । आयोगले चैत २२ मा आचारसंहिताबारे छलफल गर्न दलहरूलाई बोलाउँदा आचारसंहिताका केही बुँदामाथि प्रश्न उठाएर साना दलले होहल्ला गरेका थिए भने एमाले हस्ताक्षर नगरी फर्किको थियो ।
आयोगले उम्मेदवार भएका स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावको एमालेले विरोध गरेको छ । त्यसैगरी एमालेले मतदान अधिकृतले मतपत्र सदर वा बदर गरेको निर्णयमा प्रश्न उठाउन नपाइने प्रस्तावको पनि विरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ : सभापति देउवा
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
चीनको १० हजार हेक्टरभन्दा बढी वन रोप्ने लक्ष्य हासिल
पुष १४, २०८१ आइतबार
जिप दुर्घटनामा एकजनाको मृत्यु
पुष १४, २०८१ आइतबार
जापानको औसत तापक्रम उच्च हुने सम्भावना
पुष १४, २०८१ आइतबार