स्याङ्जामा चुनावी सरगर्मी बढ्यो, उम्मेदवार छान्न सबै दलमा उस्तै सकस
नेपालबहस संवाददाता
चैत २४, २०७८ बिहिबार २१:३९:५९
♦ प्रकाश डोटेल
२४ चैत, स्याङ्जा । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा जिल्लामा राजनीतिक दलहरुले संगठन विस्तार र चुनावी गतिविधिलाई तिव्रता दिएका छन् । दलहरुले चुनाव केन्द्रित कार्यकर्ता भेला, प्रशिक्षण र भेटघाटलाई तिव्रता दिएसँगै जिल्लामा चुनावी सरगर्मी पनि बढ्दै गएको छ ।
दलहरुले जिल्ला, क्षेत्रिय र पालिकास्तरीय समितिलाई चुनावमा केन्द्रित गर्न थालेपछि नेताहरु पालिका प्रमुख र उपप्रमुखको टिकट हात पार्ने दौडधुपमा लागेका छन् । गाउँमा चुनावी माहोल बढ्दै जाँदा दलका कार्यकर्ताहरु समेत पालिकास्तरीय नेतृत्व गर्नसक्ने पात्रको अनुमान लगाउन थालेका छन् ।
जिल्लाका ११ पालिकामध्ये जिल्ला सदरमुकामको पुतलीबजार र सबै भन्दा बढि मतदाता संख्या रहेको वालिङ नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदावर छनौट प्रक्रियालाई तिब्रता दिएका छन् ।
पुतली बजारमा नेपाली कांग्रेसबाट महासमिति सदस्य तुलसी गिरी, क्षत्रिय सभापति तथा मेयरका प्रस्यासी तुलसीराम रेग्मी, पूर्व कार्यबहाक सभापति बुद्धिबहादुर राना, ‘कुमार’, कांग्रेसका पूर्व सभापति एवम प्रजातन्त्र सेनानी श्रीप्रसाद जीटी, पार्टी प्रबक्ता भरतप्रसाद लम्साल, महासमिति सदस्य एवम प्रभावशाली महिला नेतृ श्रीमति देवी अर्याल, नगर सभापति सुरज कुमार अधिकारी, पूर्व पार्टी प्रवक्ता इन्द्रबहादुर गोदार र जिल्ला कार्य समिति सदस्य एवम बौद्धिक व्यक्तित्व किरणबन्धु अर्यालले प्रमुख पदमा दाबी गरेका छन् ।
उपप्रमुखमा महासमिति सदस्य शक्तिचन्द्र अधिकारी, हिरादेवी शर्मा र तारा मल्लले दाबी नछोड्ने बताएका छन् । तर शिर्ष नेतृत्वबिच सहमति भए महासमिति सदस्य देवी अर्याललाई उपप्रमुखको एकल दावेदार मानिएको छ ।
यस्तै नेकपा एमालेबाट पुतलीबजार नगरपालिका प्रमुख सिमा क्षेत्री, महेश पुरी, दीपक लम्साल र भरत दोगारले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । उपप्रमुखपदमा तारा शर्मा, निर्मला लम्सालले दाबी गरेका छन् । प्रमुख पदमा दोहोरिन चाहेकी क्षेत्री केहि समयअघि फेवातालमा हामफालेपछि विवादमा तानिएकी छन् ।
कांग्रेसको संगठन बलियो मानिएको चापाकोट नगरपालिकामा कानूनव्यवसायी तथा बौद्धिक नेताका रुपमा परिचित रामबहादुर श्रेष्ठ, शिवगिरी, ईश्वर खाँण, महाधिबेशन प्रतिनिधि रामचन्द्र पंगेनी रहेका छन् ।
उता, वालिङमा नगरप्रमुख दिलिपप्रताप खाँण, वर्तमान उपप्रमुख तथा प्रदेश उपसभापति कल्पना तिवारी, पूर्व नगरप्रमुख भोजराज अर्याल, जिल्लाका पाटी उप-सभापति केदार काफ्ले, वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डे र शिक्षक नेता लक्ष्मीप्रसाद रेग्मीले दावी गरेका छन् । वालिङकै नगर उप-प्रमुखमा कविता तिवारी, पदम गुरुङ र बसन्त मल्ल कम्मर कसेर लागेका छन् ।
नेकपा एमालेबाट वालिङ नगर प्रमुखमा कृष्ण खाँण, पुन्यप्रसाद अर्याल, राजेन्द्र डुम्रे र शोभाकान्त पौडेलको दावी रहेको छ भने उपप्रमुखमा खगिसरा थापा, मञ्जु के.सी. र अनुपमा ढुङ्गानाले दावी गरेका छन् ।
जिल्लाका ५ नगरपालिका मध्ये गल्याङ्मा नेकपा एमालेबाट जिल्ला अध्यक्ष सुरज गैह्रे ‘पारश’ र वर्तमान नगरप्रमुख भुपराज अधिकारी दावेदार रहेका छन भने कांग्रेसबाट जिल्ला सचिव एवम महाधिबेशन प्रतिनिधि गुरुप्रसाद भट्टराई, नगरसभापति श्यामप्रसाद बश्याल, महाधिबेशन प्रतिनिधि श्रीप्रसाद श्रेष्ठ ‘महेन्द्र’, महेश भट्टराई र पूर्व जिविस उपसभापति लालगोपाल अर्याल टिकटका लागि दौडमा छन् ।
गल्याङ् नगरपालीकाको नगर उपप्रमुखमा कांग्रेस पार्टीबाट महाधिबेशन प्रतिनिधि खगिसरा भण्डारी र नेतृ हेमा न्यौपाने अगाडी बढेका छन् । एमालेबाट देबीसरा थापा, विष्णु भण्डारी र धनमाया वि.क. अगाडी बढेको एमालले जनाएको छ ।
भीरकोट नगरपालिकामा नेपाली कांग्रेसबाट वर्तमान नगरप्रमुख छायाँराम खनाल, नगर उपप्रमुख सिमा कर्माचार्य क्षेत्री, नगर सभापति यामप्रसाद अधिकारी ‘लक्ष्मण’, गोविन्द कर्माचार्य र दिपेन्द्र क्षेत्री, पित्ताम्बर श्रेष्ठ , तोयानाथ अर्याल र पूर्व नेविसंघ सभापति देवीप्रसाद अर्यालले नगर प्रमुख पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । एमालेबाट विश्व अर्याल, हर्क गुरुङ र सन्तोष के.सी. टिकट प्राप्त गर्ने दौडमा रहेका छन् ।
त्यस्तै भीरकोटको नगरउपप्रमुखमा कांग्रेसबाट इन्दिरा के.सी., भगवती अर्यालको चर्चा रहेपनि सिमा कर्माचार्य उपप्रमुखमा दोहोरिने सम्भाबना कायमै छ । एमालेबाट सरस्वती अधिकारी एकल रुपमा अघि सरेकी छन् । अधिकारी गत निर्वाचनमा उपप्रमुखमा पराजित उम्मेदवार हुन् ।
कांग्रेसको संगठन बलियो मानिएको चापाकोट नगरपालिकामा कानूनव्यवसायी तथा बौद्धिक नेताका रुपमा परिचित रामबहादुर श्रेष्ठ, शिव कुमार गिरी, ईश्वर खाँण, महाधिबेशन प्रतिनिधि रामचन्द्र पंगेनी रहेका छन् । नेकपा एमालेबाट नगरप्रमुखमा पराजित डा. बुद्धिमान श्रेष्ठ, किशोरबिक्रम मल्ल र जग्गाखरिद बिक्री, काठ ओसारपसार र संचार माध्यममा विवादित व्यक्ति राजु कोइराला अगाडी देखिन्छन् ।
गत निर्वाचनमा अध्यक्ष मात्रै कांग्रेसले जितेको गाउँपालिका अर्जुनचौपारीमा एमालेबाट मोहन अधिकारी र चक्रबहादुर गुरुङ् तथा कांग्रेसबाट गण्डकी प्रदेश सदस्य रामचन्द्र पोडेल र गाउँपालिका सभापति विष्णुप्रसाद काफ्ले प्रतिस्पर्धामा उत्रने निश्चित छ ।
चापाकोटको नगर उपप्रमुखमा कांग्रेसबाट वर्तमान उपप्रमुख विमला श्रेष्ठ, गायत्री आचार्य, ईशा राना, सृजना वस्ती, हिता चन्द र बिमला काफ्ले प्रतिस्पर्धामा देखिएका छन् । नेकपा एमालेबाट सरस्वती भट्टराई एकल उम्मेदवार जस्तै भएपनि उनलाई शान्ति आचार्यले चुनौती दिएकी छन् ।
जिल्लाका ६ गाउँपालिकामा फेदीखोला गाउँपालिकामा कांग्रेसबाट वर्तमान पालीका सभापति महेन्द्र थापा, पूर्व डीएसपी तथा सभापतिका प्रत्यासी लालबहादुर अधिकारी, कुलप्रसाद केसी र भर्खरै एमाले छोडेर कांग्रेस प्रबेश गरेका लक्ष्मी बराल प्रमुख दावेदारकाे रूपमा रहेका छन् । यस्तै एमालेबाट घनश्याम सुबेदी रहेका छन् । फेदीखोलामा एमाले भित्र अन्तरघात हुने कांग्रेसले अनुमान लगाएको छ ।
आँधीखोला गाउँपालिकामा एमालेबाट वर्तमान अध्यक्ष सुधिर पौडेल र विश्व पौडेलबीच प्रतिस्पर्धा बढ्दै जाँदा कांग्रेसबाट यसअघिका अध्यक्षका प्रत्यासी एवम कान्तिकारी नेता प्रदिपकुमार पौडेल, नेविसंघका पूर्वसभापति एवम महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल प्रमुख दावेदार देखिएका छन्। गाउँपालिकामा गठबन्धनका हिसावले हालकी उपाध्यक्ष एवम एमाले छाडेर समाजवादी पार्टीकी केन्द्रिय सदस्य बनेकी शर्मिला पौडेलकाे प्रमुख सम्भावना छ । आँधीखोलामा एमालेलाई राजनीतिक क्षतिहुने अनुमान गर्ने धेरै छन् ।
११ पालिका रहेको स्याङ्जामा कांग्रेस नेतृत्व गठबन्धनले अधिक स्थानको चुनावी नतिजा आफ्नो पोल्टामा पार्ने नेताहरु बताउँछन् । गठबन्धन लाई लिएर जिल्लामा एमालेभित्र उम्मेदावर छनौटको विषय पेचिलो बन्दै गएको छ ।
गाउँपालिकामध्येकै हरिनासमा एमालेबाट वर्तमान अध्यक्ष खिमबहादुर मानन्धर अगाडी देखिन्छन भने कांग्रेसबाट टोपबहादुर भुजेल ‘टोपा’ र कृष्णबहादुर चन्द टिकट प्राप्त गर्ने दौडमा लागेका छन् । हरिनासमा गत निर्वाचनमा एमालेले कांग्रेसलाई झिनो मतान्तरले हराएको थियो ।
कालिगण्डकी गाउँपालिकामा कांग्रेस र एमालेबीच कडा टक्कर हुँदै आएकोमा कांग्रेसबाट महासमिति सदस्य माया राना, हुमनाथ पाण्डे ‘किसान’ र शेरबहादुर राना टिकट हत्याउने दाउमामा छन्, कांग्रेसबाटै माया रानाकै प्रबल सम्भावना हुँदा एमालेबाट गाउँपालिकाका वर्तमान अध्यक्ष खिमबहादुर थापा र कृष्ण लामिछाने आन्तरिक प्रतिस्पर्धामा छन् ।
अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादी मिल्दा समेत एमालेले चुनावी नतिजा चटकाएको बिरुवागाउँपालिकामा कांग्रेसबाट नेविसंघका पूर्व उपसभापति, स्याङजा पत्रकार समाजका अध्यक्ष, वरिष्ठ पत्रकार एवम महाधिवेशन प्रतिनिधी तथा नेपालबहस डटकमका प्रधानसम्पादक इन्द्रबहादुर रिजाल, प्रदेशसभापति धु्रवविक्रम खाँण, सभापति डोलराज पोखरेल, निवर्तमान सभापति युवराज के.सी., नरेश पोखरेल, चन्द्रकान्त पोखरेल र लक्ष्मी केसी अगाडी बढ्दा एमालेबाट प्रकाश थापा र वर्तमान अध्यक्ष चुनप्रसाद शर्मा मध्ये एक चुनावी प्रतिस्पर्धामा उत्रने भएका छन् ।
उता, गत निर्वाचनमा अध्यक्ष मात्रै कांग्रेसले जितेको गाउँपालिका अर्जुनचौपारीमा एमालेबाट मोहन अधिकारी र चक्रबहादुर गुरुङ तथा कांग्रेसबाट गण्डकी प्रदेश सदस्य रामचन्द्र पोडेल र गाउँपालिका सभापति विष्णुप्रसाद काफ्ले प्रतिस्पर्धामा उत्रने निश्चित छ ।
११ पालिका रहेको स्याङ्जामा कांग्रेस नेतृत्व गठबन्धनले अधिक स्थानको चुनावी नतिजा आफ्नो पोल्टामा पार्ने नेताहरु बताउँछन् । गठबन्धन लाई लिएर जिल्लामा एमालेभित्र उम्मेदार छनौटको विषय पेचिलो बन्दै गएको छ ।
अधिक पालिकामा गत निर्वाचनमा एमालेसँग कांग्रेस झिनो मतले पराजित भएको थियो । एमाले बिभाजित भएपछि हरेक स्थानीय तहमा सांगठानिक रुपमा कमजोर बनेको राजनीतिक विज्ञहरुको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार