मधेश प्रदेशमा कोइराला समूहको बैठक, स्थानीय निर्वाचनबारे छलफल
नेपालबहस संवाददाता
चैत २४, २०७८ बिहिबार २१:३०:५४
२४ चैत, महोत्तरी । नेपाली कांग्रेस कोइराला समूहले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफलका लागि बैठक राखेको छ । अहिले उक्त समूहको बैठक बर्दिबासस्थित गौतम होटलमा चलिरहेको छ ।
निर्वाचनमा उम्मेदवार छनोट गर्दा कसरी र कुन मापदण्ड बनाउने भन्ने विषयमा बैठकले निश्कर्ष निकाल्ने सहभागी एक नेताले बताए । कोइराला समूहबाट मधेश प्रदेशमा उपसभापतिमा पराजित विनोद खनालका अनुसार बैठक उम्मेदवार छनोट कसरी गर्ने भन्नेमा नै केन्द्रित हुनेछ ।
बैठकमा पूर्वमन्त्री रामसरोज यादव समेत सहभागी छन् । कोइराला समूहका प्रदेशका आठै जिल्लाका पराजित सभापति तथा विजयी सभापति, जिल्लास्थित नेताहरूको उपस्थिति रहेको नेता विनोद खनालले जानकारी दिए ।
मधेश प्रदेशमा कोइराला प्यानलबाट सप्तरीमा रामदेव यादव र धनुषावाट जोगी पंजियार विजयी भएका थिए भने सिरहामा कोइराला समूहको समानान्तर कमिटी समेत छ । सिरहामा समानान्तर कमिटीबाट रामसुन्दर चौधरी सभापति छन् ।
कांग्रेसभित्र कोइराला समूहले निर्वाचनमा गठबन्धन गर्नु नहुने बताउँदै आएको छ । गठबन्धन नै भए पनि कोइराला समूहले आफुहरूले भनेजस्तो उम्मेदवार छान्न पाउने लबिङ गर्दै आएको देखिन्छ ।
मधेश प्रदेशको यो बैठकले पनि आसन्न निर्वाचनमा कोइराला समूह कसरी परिचालन हुने भन्ने विषयमा छलफल अगाडि बढाइने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार