नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम
नेपालबहस संवाददाता
चैत २४, २०७८ बिहिबार २१:४२:५७
२४ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले उकालो लागेको छ । बिहीबार नेप्से ३५ दशमलब ६६ अंकले बढेर २४६४ दशमलब ३१ बिन्दुमा आएर बजार बन्द भएको छ ।
बिहीबार कारोबार रकम पनि बढेको छ। बुधबार १ अर्ब ९९ करोड बराबरको कारोबार भएको थियो । आज भने २२२ वटा कम्पनीको शेयर कारोबार हुँदा २ अर्ब १२ करोड बराबरको भएको छ। क्रमिक रुपमा घटिरहेको बजार बिहीबार दाहोरो अंकले बढेको छ ।
यस दिन नेष्डो समृद्ध लघुवित्त र हिमालयन पावर पाटर्नर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यी दुई वटै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेर १७०० रुपैयाँ, हिमालयन पावर पाटर्नर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य ४६२ रुपैयाँ पुगेको छ ।
कारोबारमा आएको राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ७.७१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य ६.६१ प्रतिशत घटेको छ भने सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य २ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ७ करोड ३८ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन प्राइम कमर्सियल बैंक र हिमालयन डिष्टिलरीको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.५९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन व्यापार उपसमूहको परिसूचक २.६२ प्रतिशत बढेको छ भने बैंकिङ्ग, होटल, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
बक्यौता रकम नपाएसम्म लिग नखेल्ने 'बी' डिभिजन क्लबको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार
विदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार