जनता सार्वभौमसत्ता सम्पन्न कि राजनीतिक दल ?
देवेन्द्र चुडाल
चैत २५, २०७८ शुक्रबार १६:४९:१३
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुले जोड घटाउ गर्न थालेका छन् । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा समेत गठबन्धन नै गरेर निर्वाचनमा जाने निर्णय गरेको छ । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले पार्टीगत निर्णय गर्दै आवश्यकताको सिद्धान्तका आधारमा तालमेल गर्ने निर्णय गरेपछि सत्तामा सहभागी भएका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई भने राहत मिलेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृतका अध्यक्ष माधव नेपालले निकै पहिला देखी नै गठवन्धन नै गरेर स्थानीय तह, प्रदेश र संघीय ससदको निर्वाचनमा जानु पर्ने भन्दै नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवालाई दवाव दिदै आएका थिए ।
प्रधानमन्त्री एंव पार्टी सभापति देउवाले आफ्नै पार्टी भीत्रको विरोधलाई मत्थर पार्दै आवश्यकताको सिद्धान्तका आधारमा तालमेल गर्न सक्ने निर्णय पार्टीको केन्द्रीय समितिको वैठकबाट गराएका छन् । कांग्रेसको संस्थापनइतर पक्षले भने सबै पालिकाहरुमा तालमेल हुन नसक्ने र कांग्रेस बलियो रहेको ठाउँमा कांग्रेसले एक्लै निर्वाचनमा जान सक्ने बताउँदै आएको छ । नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएर देउवासँग पराजित भएका डा.शेखर कोइरालाले पार्टीमा झण्डै ४० प्रतिशतको नेतृत्व गरिरहेका हुनाले कोइरालाले नै संस्थापनइतर पक्षको नेतृत्व गरिरहेका छन् । जिल्ला सभापतिहरुमा समेत कोइराला पक्षका धेरै उम्मेदवारहरुले जितेका हुँनाले पार्टी सभापति देउवाले एकलौटी निर्णय गर्दैमा त्यो लागु हुनेमा शंका उव्जिएको छ ।
कांग्रेस र माओवादी केन्द्र र अन्य सत्ताधारी दलहरुले प्राय सबै पालिकाहरुमा गठवन्धन गर्ने निर्णय गरेका भएपनि भरतपुर महानगरपालिकामा भने समस्या देखिएको छ । चितवन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला रहेको र भरतपुर महानगर पालिका समेत उनको निर्वाचन क्षेत्र भित्र रहेकाले दाहालले जुनसुकै सर्तमा पनि भरतपुर महानगर पालिकाको मेयर पदमा आफ्नै छोरी रेणु दाहाललाई उम्मेरदवार वनाउन चाहिरहेका र त्यही दवाव देउवालाई दिइरहेका भएपनि चितवन कांग्रेसले भने भरतपुर महानगरपालिका कुनै सर्तमा पनि माओवादी केन्द्रलाई नदिने अडान लिँदै आएको छ ।
सत्ता गठबन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताहरुले सत्ताको दुरुपयोग गर्दै हेलिकप्टरको प्रयोग गरेर जनतालाई झुठा आश्वासनहरु बाँडिरहेका छन् । मन्त्रीहरुले राज्यकोषमाथी बहुमलुट मच्याइरहेका छन् ।
चितवनका कांग्रेसका जिल्ला सभापति कोइराला पक्षमा रहेकाले पार्टी सभापति देउवाले निर्णय गर्दैमा त्यो निर्णय चितवनमा लागु हुन सक्ने सम्भावना न्यून रहेको छ । चितवन कांग्रेसले भरतपुर महानगरका सबै वडाहरुबाट मत संकलन गरेरै यस पटक भरतपुर महानगरपालिकामा कांग्रेस कै उम्मेदवार उठाउने निर्णय गरेको र कांग्रेस बाहेक अन्यलाई मतदान गर्नुपर्ने अवस्था आएमा विद्रोह गर्ने चेतावनी केन्द्रीय नेतृत्वलाई दिइसकेको हुँनाले केन्द्रीय नेतृत्वपनि संकटमा देखिएको छ ।
पार्टी सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भरतपुर महानगरपालिका दिने आश्वासन पहिला नै दिइसकेको हुँनाले आफ्नी छोरीलाई पुनः मेयर पदमा निर्वाचित हुनेमा दाहाल ढुक्क रहेका थिए । तर केही दिन पहिला चितवन कांग्रेसले भरतपुर महानगरपालिका पाउनु पर्ने अडान लिदै अन्य पालिकाहरुमा तालमेल गर्ने निर्णय गरेको छ । पाँच दलीय गठबन्धनले नै सो निर्णय गरेका हँुनाले यदि कांग्रेसले भरतपुर महानगरपालिका नछोडेको खण्डमा गठबन्धन को भविष्य माथी नै प्रश्न उठ्न सक्ने सम्भावना समेत देखिएको छ ।
पाँच दलीय गठबन्धनमा रहेका दलहरु एक्ला एक्लै निर्वाचनमा जान सक्ने अवस्थामा नरहेकाले गर्दा उनीहरुले गठबन्धन गरेका हुन् । गठबन्धनलाई बलियो बनाउने उनीहरुको देखावटी रणनीति भएपनि खास गरेर प्रमुख विपक्षी दल नेकपा एमालेलाई पराजित गर्ने रणनीति नै मुख्य हो । नेकपा एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको मुख्य उद्देश्य भनेको आफ्नो पार्टी हारेरै भएपनि नेकपा एमालेलाई पराजित गराउने नै हो । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी मिल्दा समेत नेकपा एमालेलाई पराजित गराउन सक्ने अवस्था नभएपछि नामका कम्युनिष्ठ पार्टीहरुले आफ्नो सिद्धान्त र विचार छोडेर कांग्रेससँग गठवन्धन गर्न पुगेका छन् ।
केही व्यक्तिहरुले त माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई भाई कांग्रेस समेत भन्न थालेका छन् । आफ्नो पार्टीको विचार र सिद्धान्तलाई जनतासामू लैजानुको बदला चुनावी सभाहरुमा समाजवादी पार्टीका नेताहरुले नेकपा एमालेलाई गालि गर्ने र पार्टी अध्यक्ष केपी ओलीलाई सत्तोसराप गर्ने गरेका हुनाले जनता नेकपा एकीकृत समाजवादीप्रति आकर्षित हुन सकेका छैनन् । माओवादी केन्द्र र एकीकृत समाजवादी जुनसुकै सर्तमा पनि कांग्रेसको पुच्छर समाएर वैर्तणी तर्न चाहिरहेका छन् भने कांग्रेसले पनि उनीहरुलाई वैर्तणी तारी दिने भएको छ ।
राजनीतिक दलहरु लोकतान्त्रिक पद्धती र लोकतान्त्रिक सिद्धान्त अनुसार सञ्चालन हुनु पर्दछ । एउटै व्यक्तिको निर्णयमा राजनीतिक दल सञ्चालन भएको खण्डमा त्यस्तो दललाई लोकतान्त्रिक दल स्वीकार गर्न सकिँदैन । लोकतन्त्र भनेको जनताको तन्त्र हो ।
राजनीतिक दलहरु नेपाली काग्रेस बाहेक सबै विभाजित अवस्थामा रहेकाले गर्दा यस पटकको निर्वाचन कांग्रेसका लागि सुर्वण अवसर थियो । तर कांग्रेसले आफ्नो घरमा आगो लगाएर शरण माग्न पुगेका व्यक्तिहरुलाई शरणमात्र दिएन घरै उपहार दिने भएको छ । लामो समयदेखी कांग्रेसको राजनीति गरेर गाउँ गाउँमा बसेका काग्रेसजनहरुले अब निकै कम मात्रामा टिकट पाउने भएका छन् । गठबन्धनमा रहेका दलहरुलाई भाबण्डा लगाउँदा कांग्रेसले सहजै जित्ने पालिकाहरुमा समेत मेयर र गाउँपालिकाका अध्यक्ष नपाउने सम्भावना देखिएको छ ।
त्यस्को प्रत्यक्ष मारमा स्थानीय नेताहरु पर्ने प्रायः निश्चित रहेको छ । गठबन्धनमा पनि बस्ने अनि गठबन्धनमा रहेका दलहरुले आआफ्नो चुनावी घोषणापत्र जनतामा लैजाने भनेको जनतालाई झुक्याउने बाहेक अन्य केही हुन सक्दैन । पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा गएपछि किन सयुक्त चुनावी घोषणापत्र बनाउने तर्फ गठबन्धनकारी दलहरुले ध्यान दिएन त ? विगतको निर्वाचनमा जनतालाई दिएका आश्वासनहरु कति पुरा भए । चुनावको बेलामा मात्र जिल्ला र गाउँ पुग्ने नेताहरुलाई जनताले अब चिन्नु पर्ने बेला आएको छ । पाँच वर्षमा एकपटक जनताकँहा पुगेर झुठा आश्वासनका पोकाहरु बाड्ने राजनीतिक दलका नेताहरुलाई जनताले अब सोध्नै पर्दछ जनताको हितका लागि तपाई र तपाइको पार्टीले के ग¥र्यो भनेर ।
राजनीतिक दलहरुका लागि जनता न्यायाधिस हुन् । अदालतले दिने निर्णय र जनताले दिने निर्णयमा भिन्नता रहेको छ । अदालतले दिने निर्णयलाई पराजित हुने पक्षले स्वीकार गरेको देखिदैन तर जनताले दिने निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने वाध्यता रहेकाले गर्दा जनतालाई नयायाधिस भनिएको हो । यो विश्वव्यापी सिद्धान्त समेत हो । त्यसै कारणले गर्दा जनताले पनि विवेक पु¥याएर उचित निर्णय लिनु आवश्यक छ ।
निर्वाचनका बेला जनतालाई प्रभावमा पार्ने अनेक प्रयासहरु सुरु भएका छन् । घरघरमा पैसा बाड्ने चामल दाल पु¥याउने लत्ताकपडा पु¥याइदिने लगायतका अनेक प्रकारका झुठा आश्वासनहरु राजनीतिक दलका नेताहरुले बाँडिरहेका हुनाले त्यस्ता कार्य अविलम्व बन्द गरीनु आवश्यक छ । सत्ता गठबन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताहरुले सत्ताको दुरुपयोग गर्दै हेलिकप्टरको प्रयोग गरेर जनतालाई झुठा आश्वासनहरु बाँडिरहेका छन् । मन्त्रीहरुले राज्यकोषमाथी बहुमलुट मच्याइरहेका छन् । आफ्नो मन्त्रालयको काम बाहेक नै पनि हेलिकप्टर चढेर आफ्नो गृह जिल्ला पुग्ने कार्यलाई मन्त्रीहरुले तिव्रता दिएका छन् ।
घण्टाको आठ लाखसम्म भाडा पर्ने सेनाको हेलिकप्टर मन्त्रीहरुले प्रयोग गर्ने गरेका र सो भाडा बापतको रकम सम्बन्धित मन्त्रालयले तिर्नु पर्ने बाध्यता रहेकाले गर्दा त्यो राज्यकोषको दोहन नै हो । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु गर्न ढिलो गर्दा जनतालाई झुठा आश्वासन बाढ्न मन्त्री र सत्ता गठबन्धन दलका नेताहरुलाई सहज भएको छ । मन्त्रीको जिल्ला भ्रमणमा १०÷१५ जना व्यक्ति बोकेर मन्त्री जिल्लामा पुग्ने गरेका छन् । कतिपय नगरपालिका र गाउँपालिकामा हेलिकप्टर चढेर आउँदा हेलिकप्टरको भाडा नगरपालिका र गाउँपालिकाले तिरीदिने गरेका छन् ।
सत्ता गठबन्धनले गठबन्धन नै गरेर स्थानीय तहको निर्वाचन, प्रदेश र संघीय ससदको निर्वाचनमा जाने निर्णय गरेपनि गठबन्धन लामो समय सम्म टिक्न सक्ने सम्भावना न्यून देखिएको छ ।
यसरी नगरपालिका र गाउँपालिकाको रकम दुरुपयोग भएको छ । केही दिन पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो पार्टीको कार्यक्रममा भाग लिन गोरखाको दुर्गम गाउँमा हेलिकप्टरमा सवार भएर त्यहाँ पुगे । पार्टीको काम सकिएपछि हेलिकप्टरको भाडा गाउँपालिकाले तिर्नुपर्ने उर्दी जारी गरे । त्यसैगरी रोल्पामा आयोजना गरिएको आमसभामा सहभागी हुन दाहाल रोल्पा नगरपालिका पुगे त्यहाँ पनि हेलिकप्टर नै चढेर । कार्यक्रम सकियो अनि रोल्पा मेयरलाई फरमान जारी गरे । हेलिकप्टरको भाडा तिर्न बिचरा मेयरले टाउको हल्लाउने काम बाहेक अरु के नै गर्न सक्थे र ? के यस्ता कार्य भ्रष्टाचार भएनन् र ?
राजनीतिक दलहरु लोकतान्त्रिक पद्धती र लोकतान्त्रिक सिद्धान्त अनुसार सञ्चालन हुनु पर्दछ । एउटै व्यक्तिको निर्णयमा राजनीतिक दल सञ्चालन भएको खण्डमा त्यस्तो दललाई लोकतान्त्रिक दल स्वीकार गर्न सकिँदैन । लोकतन्त्र भनेको जनताको तन्त्र हो । लोकतन्त्रमा जनता नै निर्णयक हुन्छ । जनताको आदेश अनुसार राजनीतिक दल र सरकार सञ्चालन हुनुपर्नेमा हामीकँहा भने ठीक उल्टो भएको छ । राजनीतिक दलहरुले दिएका आदेश स्वीकार गर्न जनता बाध्य भएका छन् । संविधानमा जनतालाई सार्वभौमसत्ता सम्पन्न भनिएको छ ।
तर व्यवहारमा आजसम्म जनता सार्वभौमसत्ता सम्पन्न भएका छैनन् । राजनीतिक दलहरु पो सार्वभौमसत्ता सम्पन्न भएका रहेछन् । राजनीतिक दलले दिएका आदेश जनताले स्वीकार गर्नुपर्ने बाध्यता रहेकाले गर्दा जनता होइन दलहरु सार्वभौमसत्ता सम्पन्न रहेको प्रमाणीत हुदैन र ? जनताले निर्वाचित गरेका व्यक्तिले जनताको हित विपरितका कार्य गरेमा जनताले आफूले चुनेका व्यक्तिलाई फिर्ता वोलाउन पाउने अधिकार नपाएसम्म जनता सार्वभौमसत्ता सम्पन्न नभएको पुष्ठी हुन्छ । संविधानमा लेखिएका कुराहरु व्यवहारमा प्रयोग नआउने हो भने त्यस्तो संविधानको आवश्यकता नै किन ?
सत्ता गठबन्धनले गठबन्धन नै गरेर स्थानीय तहको निर्वाचन, प्रदेश र संघीय ससदको निर्वाचनमा जाने निर्णय गरेपनि गठबन्धन लामो समय सम्म टिक्न सक्ने सम्भावना न्यून देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेसलाई धम्क्याउनकै लागि काग्रेसले पेले एमालेसँग तालमेल हुन्छ भनिरहेका भएपनि अहिले कै अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रवीच तालमेल हुन सक्ने अवस्था देखिएको छैन । पाँच दलीय गठबन्धनले एमालेलाई एकल्याउने प्रयास गरेपनि जनताले नै एमालेलाई बचाईदिने छन् ।
सरकारी गोप्य रिर्पोट अनुसार पनि अहिले नेकपा एमाले नै तल्लोतहसम्म वलियो अवस्थामा रहेको छ । त्यही कारणले गर्दा काग्रेस लगायतका अन्य दलहरु एक्ला एक्लै निर्वाचनमा जान डराएर गठबन्धन गरेका हुन् । यदि साच्चिकै सार्वभौमसत्ता सम्पन्न थिए भने किन बहुसंख्यक जनताको भावना विपरीत नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरीयो । संविधान, ऐन र कानुनमा लेख्दैमा जनता सार्वभौमसत्ता सम्पन्न हुँदा रहेनछन् भन्ने यसले प्रमाणित भएन र यसको उत्तर कस्ले दिने ।
देवेन्द्र चुडाल
वरिष्ठ पत्रकार देवेन्द्र चुँडाल काठमाडौंबाट प्रकाशित हुने अभियान साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक हुन् । विगत चार दशकदेखि नेपाली पत्रकारिता जगतमा निरन्तर क्रियाशील उनी राजनीतिक, सामाजिक विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँछन् ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार