छिमेकीले हत्या गरेर सेप्टी ट्यांकीमा बालकको शव लुकाएको पुष्टि, एक पक्राउ
नेपालबहस संवाददाता
चैत २४, २०७८ बिहिबार २३:३०:१८
♦ एसवी थापा
२४ चैत, सर्लाही । छिमेकीले हत्या गरेर सेप्टी ट्यांकीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ । पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका–१२ गम्हरिया निवासी दीपेन्द्र ठाकुरको छोरा ८ वर्षीय मिठु भनिने आकाश ठाकुरको शव बिहीबार छिमेकीको सेप्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको छ ।
गत चैत २० गते आइतबार राति ८ बजे गाउँमै न्वारनको भोज खान जाँदा आकाश बेपत्ता भएका थिए । सोही राति ११ बजे आकाशका परिवारले उनी बेपत्ता भएको प्रहरीमा जानकारी गराएका थिए ।
लगतै घटनाको अनुसन्धानमा खटिएको प्रहरीले छिमेकी जगदीश ठाकुर लगायतलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोही क्रममा बालकको शव लुकाएको स्थान पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पक्राउ परेका अभियुक्तले देखाएको स्थानमा सेप्टी ट्यांकीको ढकन खोलेर हेर्दा बोराभित्र हालेर लुकाएको अवस्थामा बालकको शव फेला परेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार बिहीबार बिहानै सेप्टी ट्यांकीबाट निकालिएको बालकको शव मुचुल्कासहित पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा मलंगवामा राखिएको छ । बालकको हत्यामा संलग्न भएको आरोपमा जगदीश ठाकुरसहित उनको परिवारका सात जना सदस्यलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रारम्भीक अनुसन्धानबाट अभियुक्तले बालकको अपहरण गरेकै दिन हत्या गरेको आशंका गरिएको छ ।
अभियुक्तले बालकका बुबालाई फोन गरेर फिरौतीसमेत मागेको र पैसा नपाएपछि हत्या गरेको कुरा पारिवारिक श्रोतको भनाई छ । तर, यसको पुष्टि भइसकेको छैन ।
गत चैत २० गते आइतबार राति ८ बजे गाउँमै न्वारनको भोज खान जाँदा आकाश बेपत्ता भएका थिए । सोही राति ११ बजे आकाशका परिवारले उनी बेपत्ता भएको प्रहरीमा जानकारी गराएका थिए ।
घटनामा बेपत्ता बालकको जिउँदो वा मृत शरीर फेला पर्नु नै पहिलो प्राथमिकता भएकाले अब अनुसन्धानलाई अगाडि बढाइने जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
‘बालकको हत्या गर्नु पर्ने कारणलगायत बारेमा हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘पहिला त जिउँदो वा मृत जुन अवस्थामा भए पनि जतिसक्दो चाँडो बालक फेला पार्नु पर्यो । हामी त्यता लाग्यौं । आज बालकको शव फेला परेको छ । बाँकी घटनाक्रम पनि थप अनुसन्धानबाट छिट्टै खुल्छ ।’ घटनाको फरक पाटोबाट अनुसन्धान गरिनेसमेत प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बुढाथोकीको भनाई छ ।
बिहीबार बिहानै सेप्टी ट्यांकीबाट बालकको शव निकालेसँगै पुरै गाउँ शोकमा डुबेको छ । छोराको शव देखेदेखि मृतक बालककी आमा महासुन्दर ठाकुर भावविह्वल बनेकी छन् । हत्या गरिएका आकाश दीपेन्द्रका जेठा छोरा हुन् । अब उनका एक वर्षका एक छोरा र दुई छोरी छन् ।
र याे पनि…….
पाँच दिनदेखि हराइरहेका बालकको शव सेप्टिक ट्यांकीमा भेटियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार