आयात र निर्यातको चेन सन्तुलनमा राख्न ठोस योजना सार्वजनिक गर्छुः मन्त्री बडू
नेपालबहस संवाददाता
चैत २४, २०७८ बिहिबार २३:३६:४२
२४ चैत, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गर्दै आयात र निर्यातको चेन सन्तुलनका लागि तत्कालीन र दीर्घकालीन योजना निर्माण गरेर अघि बढ्ने बताएका छन् ।
मन्त्रालयमा बिहीबार पदभार ग्रहण गर्दै मन्त्री बडूले साना तथा मझौला उद्योग महाशाखा गठन गर्ने र त्यसको छुट्टै नीति निर्माण गर्ने बताए ।
नवनियुक्त मन्त्री बडूलाई मन्त्रालयका सचिवहरूले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने ठोेस निर्णय तत्काल आवश्यक रहेको बताएका थिए ।
उनले उद्योग महाशाखा गठन र आयात प्रतिस्थपनका योजना अध्ययनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
यसैगरी मन्त्री बडूले कोरोना महामारीले शिथिल बनेको अर्थतन्त्र पुनःचलायमान हुन थालेको र मुलुकको अर्थतन्त्रसँग जोडिएको मन्त्रालयका तात्कालिक र दीर्घकालीन समस्या एवं चुनौतीहरु सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिए ।
उनले आयात र निर्यातको चेन सन्तुलनका लागि तत्कालीन र दीर्घकालीन योजना निर्माण गरेर अघि बढ्ने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आजै राष्ट्रपतिले मन्त्री बडूलाई नयाँ जिम्मेवारी तोकेकी थिइन् ।
मन्त्रीको पदभारलगत्तै मन्त्रालयमा स्वागत गर्दै सचिव डा. गणेशप्रसाद पाण्डेले विदेशी मुद्राको सञ्चितिमा परेको चाप सबैभन्दा ठूलो चुनौती रहेको बताए ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका व्यापार घाटामा चाप बढ्दै गएको र त्यसले अर्थतन्त्रमा असर पु¥याइरहेको सचिवहरूले बताए ।
नवनियुक्त मन्त्री बडूले मन्त्रालय मुलुकको अर्थतन्त्र र उपभोक्तासँग सिधै जोडिएको मन्त्रालय भएकाले मन्त्रालयको जिम्मेवारी महत्त्वपूर्णसँगै चुनौतीपूर्ण सधैँ भइरहने उल्लेख गरे ।
कोभिड–१९ पछि अर्थतन्त्र चलायमान हुँदा आयात निर्यातको खाडलमा वृद्धि आएको उनको भनाइ छ । अर्थतन्त्रमा देखिएको समस्या सबै मिलेर समाधान गर्न सकिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरु
पुष १३, २०८१ शनिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल
पुष १२, २०८१ शुक्रबार
बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार