बूढीगण्डकी आयोजनाबाट गेजुवालाई हटाइयो, सरकार आफैले बनाउने
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार १२:४:५४
२५ चैत, काठमाडौं । सरकारले बुढी गण्डकी जलविद्युत् आयोजनालाई फूटबल बनाएको छ । कहिले कुन कम्पनीलाई जिम्मा लगाउने कहिले कुन कम्पनीलाई जिम्मा लगाउने निर्णय गरेर त्यसलाई फूटबल जस्तो बनाएको हो ।
बिहिबारको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड ‘गेजुवा’लाई हटाउने र सरकार आफैले बनाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुढी गण्डकीबाट गेजुवालाई हटाएर आयोजना सरकार आफै बनाउने निर्णय गरेको एक मन्त्रीले बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीमार्फत बुढी गण्डकीको लागत अनुमान पुनरावलोकन गर्न निर्देशन दिएको थियो । एनइए इन्जिनियरिङ कम्पनीले लागत पुनरावलोकन प्रतिवेदन बुझाउन बाँकी रहेको छ ।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा पनि बुढी गण्डकीबाट गेजुवालाई निकालेको थियो । पछि केपी शर्मा ओली नेतृत्वको सरकारले आयोजना गेजुवालाई नै दिने निर्णय गरेको थियो । १२ सय मेगावाट उत्पादन क्षमताको बुढी गण्डकी पटक–पटक राजनीतिक विवादमा मुछिदै आएको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा बुढी गण्डकी गेजुवालाई दिने निर्णय गरेका थिए ।
बूढी गण्डकी आयोजनामा ठूलो राजनीतिक चलखेल हुँदै आएको छ । बूढी गण्डकी आयोजनाबाट गेजुवालाई हटाउनु सरकारले ठूलो उपलब्धीको रुपमा मानेको छ । सरकारले यसलाई माइलस्टोन निर्णयका रुपमा लिएको बताइएको छ ।
अब यो आयोजना नेपाल आफैंले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउनेछ । आयोजना प्रभावितलाई मुअब्जा वितरणको कार्य समेत भइसकेको अवस्थामा चीनिया कम्पनीबाट खोसिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार