आगामी बजेट: तालिकामा सकियो, तयारीमा धेरै काम बाँकी
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार १७:२३:२२
२५ चैत, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट तयारीलाई तिब्र बनाएको छ । बजेट तयारीका क्रममा गर्नुपर्ने कार्यको सूची बनाएरै अर्थ मन्त्रालयले काम अगाडी बढाएको छ ।
बजेट बनाइरहँदा अर्थमन्त्री आफै अनेकन लाभदायी विषयहरुमा फस्दा त्यसको असर बजेट तयारी समितिमा पनि परेको छ । कतिपयलाई त अन्थमन्त्रीका समाचार सुनेर पनि बजेट बनाउने काममा जाँगर चलेको छैन ।
यस्ता आन्तरिक र बाह्य क्षेत्रबाट आउने कतिपय विषयले पनि बजेटको समयसीमा असर गरिरहेको कर्मचारी बताउँछन् । यद्यपी बजेटको प्रक्रिया भने तालिका अनुसार गइरहेको उनीहरुको दावी छ ।
कर्मचारीका अनुसार मन्त्रालयले चैतदेखि जेठ १५ गतेसम्म गर्ने कामहरुको समयतालिका निर्धारण गरेको छ । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक हुन्छ । बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धीसहितका सूचकहरु भग तयार भइसकेको छ ।
मन्त्रालयले चैत ३१ गतेसम्म प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयहरुसँग सशर्त अनुदानसम्बन्धी छलफल सक्ने भएको छ । राजनीतिक दलका प्रतिनिधि, पूर्वअर्थमन्त्री, पूर्वगभर्नर, पूर्वअर्थ सचिव, वरिष्ठ अर्थशास्त्रीहरु तथा विज्ञहरुको वैशाख २ देखि १५ गतेसम्म लिइने छ ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार पार्ने काम पनि वैशाख १५ सम्ममा सक्ने मन्त्रालयको योजना छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदका दुवै सदनमा पेश गर्ने र प्राविधिक सहायता तथा अन्य गैर सरकारी संस्थामार्फत परिचालन हुने सहायता यकीन गर्ने काम पनि वैशाख २० गतेभित्र सकिनेछ ।
बजेट वक्तव्यको पहिलो मस्यौदा तयार पार्ने र राजस्व परामर्श समितिको प्रतिवेदन पेश गर्ने समयसीमा पनि वैशाख २० सम्म तोकिएको छ । आर्थिक सर्वेक्षण, मन्त्रालयगत प्रगति विवरण र सार्वजनिक संस्थानहरुको प्रगति विवरण वैशाख ३० गतेसम्म तयार पारिसक्ने लक्ष्य अर्थ मन्त्रालयको छ ।
जेठ ६ गते अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट राष्ट्रपति समक्ष ब्रिफिङ गर्नेछन् । व्यय अनुमानको प्रारम्भिक मस्यौदा तयार पार्ने, व्यय अनुमान र शीर्षकगत खर्चलाई अंकसहित रुजु गर्ने काम जेठ ८ गतेसम्म भइसक्नेछ भने जेठ १२ गतेसम्म आर्थिक विधेयक, विनियोजन विधेयक र बजेट वक्तब्य समेतलाई अन्तिम रुप दिइनेछ ।
राष्ट्रिय योजना आयोगमा जेठ १३ गते बजेट ब्रिफिङ गरेर १४ गते मन्त्रिपरिषदमा प्रस्ताव पेश हुनेछ । आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानहरुको प्रगति विवरण र मन्त्रालयगत प्रगति विवरण जेठ १४ गते संसदका दुवै सदनमा पेश हुनेछ भने जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।
मन्त्रालयका अनुसार अहिले पनि तालिका अनुसार काम हुन सकिरहेको छैन् । एक पटक फाइनल भइसकेका विषयहरु पनि पछि थप घट हुने काम रोकिएको छैन । अझ आयोजना आफु कहाँ पार्नका लागि आउने नेताहरुको जमघट त सुरु भएकै छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार