अमेरिकाबाट आएको डलर फुकुवा गर्न राष्ट्र बैंकबाट ३० हजार डलर मागियोः अर्थमन्त्री शर्मा
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार १८:६:३३
२५ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले व्यवसायी पृथ्वी शाह र उनको परिवारको खातामा अमेरिकाबाट आएको १२ लाख डलर फुकुवा गर्न राष्ट्र बैंकका सञ्चालक समितिका एक सदस्यले ३० हजार डलर बार्गेनिङ गरेको बताएका छन् ।
शर्माले भने, ‘म सँग प्रमाण त छैन, तर ३० लाख रुपैयाँ (३० हजार डलर) बार्गेनिङ गरिएको भन्ने सुनेको छु ।’ उनले आज राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा आधिकारिक कुरा थाहा नभए पनि सुनेको बताए ।
अछामका पृथ्वी शाहले अर्थमन्त्रीसँग सम्पत्ति शुद्धीकरण विभागले कसुर स्थापित हुने आधार नभएकोले बैंकबाट रकम फुकुवा गर्न अनुरोध गरेका आधारमा आफूले राष्ट्र बैंकलाई खातामा रोक्का रकम फुकुवा गर्न लेखिपठाएको अर्थमन्त्री शर्माले स्वीकार गरेका छन् ।
नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप पनि लगाए ।
शर्माले भने ’मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु पुर्याइन्छ किन ? यस्तै अनुशासन हुन्छ? कतिपय सूचनाहरु हुन्छन् रिपोर्ट गर्नुपर्ने रिपोर्ट हुँदैनन्,’ उनले भने, ’बदमासी भइराखेको छ, एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सञ्चालक समिति सदस्यले ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार