गठबन्धनले तालमेलबारे संयुक्त आव्हान गर्ने, पौडेल नेतृत्वको समितिमा वक्तव्यको ढाँचा तयार हुँदै
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार १८:५५:४८
२५ चैत, काठमाडौं । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनका विषयमा संयुक्त वक्तब्य जारी गर्ने सहमति गरेको छ । अहिले जारी हुने वक्तब्यको ढाँचा तयार भइरहेको छ । केहीबेरमा जारी गर्ने तयारी गठबन्धनको छ ।
पाँच दलले स्थानीय चुनावमा देशव्यापी तालमेलको आह्वान गर्दै जारी गर्ने संयुक्त विज्ञप्ति रामचन्द्र पौडेलको संयोजकत्वमा बनेको कार्यदलले तयार गर्दैछ । विज्ञप्ती तयार भएपपिछ गठबन्धन दलका शीर्ष नेताको हस्ताक्षरसहित देशव्यापी तालमेल गर्न आव्हान गर्दै संयुक्त वक्तब्य जारी हुनेछ ।
गठबन्धनमा आवद्ध दलका नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको अनौपचारिक छलफलमा पनि संयुक्त वक्तव्य जारी गर्नेबारे नेताहरुबीच छलफल भएको थियो । छलफलमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डका साथै कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का लगायतको सहभागिता थियो । बैठकमा एकीकृत समाजवादीका नेता झलनाथ खनालको पनि सहभागिता थियो ।
सत्ता गठबन्धनले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा मेयर र उपमेयरहरुको उम्मेदवारी केन्द्रबाटै टुंगो लगाउने र बाँकी स्थानीय तहमा मातहतका पार्टी कमिटीले उम्मेदवार तय गर्नेगरी यसअघि नै निर्णय गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
यस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार