न्यू इयर इभमा फोनपे गर्दा २० जनाले हेलिकप्टरमा सगरमाथा घुम्न पाउने
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार १८:५८:३५
१५ चैत, काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनने पेमेन्ट सर्विस लिमिटेडले २०७८ सालको अन्तिम दिन चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत न्यू इयर इभका दिनमा फोनपे मार्फत कारोबार गर्ने १० जना ग्राहक र १० जना मर्चेन्ट (व्यवसायी) गरि २० जनाले आकर्षक अफर प्राप्त गर्नेछन् ।
यस अफर अन्तरगत फोनपे मार्फत कारोबार गर्नेमध्येबाट भाग्यशाली १० जना ग्राहक र १० जना मर्चेन्टले हेलिकप्टर मार्फत विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउने छन् भने सगरमाथा आधार शिविर नजिक रहेको होटल एभरेष्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर प्राप्त हुनेछ ।
फोनपेले डिजिटल करोबारलाई प्रोत्साहन गर्नका लागि यस किसिमको योजना सार्बजनिक गरेको हो । यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन् ।
विजेता गोला प्रथा मार्फत घोषणा गरिनेछ । यस्तै सोही दिन विभिन्न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाले समेत छुट तथा क्यासब्याक अफर सार्बजनिक गरेका छन् ।
सोही दिन एनआइसी एशिया बैंक, इसेवा, लक्ष्मी बैंक, एनएमबी बैंक, मेगा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सिभिल बैंक, आइएमई पे, खल्ती, प्रभुपे मार्फत क्यूआर स्क्यान गर्दा १० प्रतिशत छुट तथा क्यासब्याक प्राप्त गर्न सकिनेछ ।
यसैगरि भोजडिल,फुडमांडु ,सेल्सबेरी, डेलि ग्रोसरि,खानपिन लगायतका ठाउँमा क्यूआर भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट प्राप्त सकिनेछ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ ।
फोनपे पेमेन्ट सर्विस लिमिटेड लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् ।
यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाई बैकिङ्ग प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार