मोरङमा कांग्रेसलाई सत्ता गठबन्धनमा रहेका दलबाटै चुनौती
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार १९:४९:४१
२५ चैत, विराटनगर । नेपाली कांग्रेस मोरङ नगर समितिले गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेपछि कांग्रेसबाहेकका दलले गठबन्धन गरी चुनावमा जान छलफल सुरु गरेका छन् ।
उनीहरुले कांग्रेस एक्लै जाने भए बाँकी रहेका ४ दलको गठबन्धर बनाएर उम्मेदवारी दिने भएका छन् ।
मोरङ कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेपछि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले कांग्रेससँग तालमेल नगरी चुनाव लड्नेबारे छलफल गरेका हुन् ।
कांग्रेसले तालमेल नगरे आफूहरु मिलेर जाने विषयमा छलफलका सहभागी नेताहरुले सुझाव राखेको बताइएको छ । शुक्रबार उनीहरुबीच सम्भावित तालमेलको विषयमा छलफल भएको छ ।
तालमेल गर्ने विषयमा मोरङमा कांग्रेसले चासो नदिएपछि सरकारमा रहेका गठबन्धन दलले अलग्गै संभावना खोजी गर्दै छलफल शुरु गरेको बताइएको छ । मोरङ कांग्रेसले आफूले जितेको ठाउँमा तालमेल नहुने जनाएको छ ।
२०७४ को स्थानीय चुनावमा मोरङका १७ मध्ये १० पालिकामा जितेको थियो । विराटनगर महानगर र सुनवर्षी नगरपालिका समितिले तालमेल गरेर चुनावमा नजाने निर्णय गरिसकेका छन् । यसमा कांग्रेसभित्र विवाद देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार