नलगाड जलविद्युतको डीपीआरमा ऊर्जामन्त्रीकाे चासाे
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार २०:६:२३
♦ हेमन्त केसी
२५ चैत, सुर्खेत । ३२ महिनाभित्र सक्नुपर्ने नलगाड जलविद्युत कम्पनी लिमिटेडको ४१७ मेगावाट आयोजनाको डीपीआर ८० महिना भइसक्दा पनि बन्न सकेको छैन ।
यस विषयमा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जाविकास मन्त्री गणेशप्रसाद सिंहले सरोकारवालासँग छलफल गरेका छन् ।
३२ महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिएको आयोजनाको काम करिब ८० महिना पुगिसक्दा पनि कन्सलटेन्टले प्रतिवेदन नबुझाएपछि मन्त्री सिंहले चासो राखेका हुन् । उनले अबको तीन महिना डीपीआरको प्रतिवेदन बुझाउन कन्सलटेन्टलाइ निर्देशन दिएका छन् ।
८० महिनासम्म डीपीआरको प्रतिवेदन बुझाउन नसकेको डीपीआर निर्माणको जिम्मेवारी लिएको स्मेक कम्पनीको म्याद थप गर्ने विषयमा समेत मन्त्री सिंंहले छलफल गरेका छन् ।
तीन महिना भित्र काम पूरा गर्ने र सन्सलटेन्टलाइ भुक्तानी गर्नुपर्ने रकम समेत समयमै भुक्तानी गर्ने विषयमा समेत छलफल भएको छ । छलफलमा मन्त्री सिंहसहित स्मेक कन्सलटेन्टको नेतृत्वकर्ता राजेश डार्मिन नेतृत्वको टोली र कम्पनीका प्रमुख सुनिल पौडेलको सहभागीता थियो ।
हप्ता दिनभित्र नलगाड जलविद्युत कम्पनी लिमिटेडले मन्त्री सिंहको निर्देशनअनुसार आफूहरू काममा जुटिसकेको कम्पनीका प्रमुख पौडेलले जानकारी दिए ।
त्यस्तै ७.१ मेगावाट क्षमताको ताक्सुगाड जलविद्युत आयोजना निर्माणका लागि डीपीआरको काम तीन महिनाभित्र सक्न मन्त्री सिंहले निर्देशन दिएका छन् । ताक्सुगाड जलविद्युत आयोजना जाजरकोट नलगाड नगरपालिका भित्र नै पर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार