अथतन्त्रबारे भ्रम छरेर जनतालाई आतंकित तुल्याउने विज्ञहरुको अभिष्ट पुरा हुँदैनः अर्थमन्त्री

नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार २०:२७:५७

२५ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले श्रीलंकासँग तुलना गर्दै नेपाली अर्थतन्त्रको विषयमा भ्रम छरेर जनतालाई आतंकित बनाउन अग्रसर देखिएका केही आर्थिक क्षेत्रका विज्ञ र अर्थशास्त्रीहरुको नेपाललाई श्रीलंका बनाउने अभिष्ट पुरा नहुने बताएका छन् ।
नेपाल राष्ट्र बैंकले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्रमा समस्या रहेको स्वीकार गर्दै समस्या सुल्झाउन सुझाव र सहयोग दिनुपर्ने ठाउँमा उल्टै जनतालाई आतंकित तुल्याउने गरी अनावश्यक भ्रमको खेतिमा लागेर नेपालको अवस्था पनि श्रीलंकाको जस्तै बनाउने प्रयासमा लागिरहेको बताए ।
उनले नेपाल र श्रीलंकाको आर्थिक अवस्था कुनै पनि रुपमा तुलना हुन नसक्ने बताउँदै कतिपयलाई नेपाललाई श्रीलंका बनाउने रहर समेत रहेको जिकिर गरे । उनले भने ‘कतिपयलाई रहर छ, नेपाललाई श्रीलंका बनाउने । तिनको सपना पूरा हुँदैन । तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतंकित पार्ने काम एक थरीहरुले गरिरहेका छन् ।’
उनले विलासिताका सामानमा सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताए । मुलुकमा नै उत्पादनका अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको उनको भनाइ छ ।
शर्माले मुलुकको अर्थतन्त्रमा रुस र युक्रेन बीचको युद्धका कारण थप समस्या आएको भन्दै दुई देशबीचको युद्ध स्रोत केन्द्रित भएकाले पनि विश्व अर्थतन्त्रमा प्रभाव परेको उल्लेख गरे । अत्याधिक पेट्रोलियम पदार्थको आयात, अनाश्यक विलासिताका वस्तु आयात, चाहिने भन्दा बढी गाडी आयात भएकाले अर्थतन्त्रमा समस्या आएको उनको भनाइ छ ।
अहिलेको डलर सञ्चिति साढे ६ महिनालाई पुग्ने रहेकाले यो भन्दा तल नझरोस् भनेर सतर्क हुनुपर्ने अवस्था रहेको उनले बताए । उनले आफ्ना कम्जोरीहरु प्रति लक्षित गर्दै भने ‘हाम्रा आलुहरु दूरदराजमा त्यतिकै फालिएका छन् । तिनलाई बजारमा पु¥याउने सोच बनाएनौं । त्यहाँका उत्पादनलाई बजारसँग जोड्ने नीति बनाएनौं । आलु बाहिरबाट ल्याउन प्रोत्साहन दियौं । हाम्रो प्याजलाई राख्ने स्टोर बनाउन सकेनौं । हाम्रा नीतिमा कतै कमजोरी भयो ।’
क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगाायतका कारण नेपालबाट पूँजी पलायन भइरहेको सूचना आफूले ५ महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको उनले बताए । यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैद्य रुपमा पैसा बाहिरिन थालेको उनको भनाइ छ ।
अर्थतन्त्र यतिबेला दबाबमा रहेको बताउँदै उनले सबै क्षेत्रबाट सहयोग लिएर सुधार गर्नुपर्ने खाँचो रहेको उल्लेख गरे । काम गर्ने परम्परागत शैलीलाई परिवर्तन गरेर मात्रै अर्थतन्त्रमा सुधार ल्याउनसक्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार