स्याङ्जा सदरमुकामका २३ पसलमा अनुगमन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार २०:४३:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/photo_RDpwfXUI1n.jpg)
१५ चैत, स्याङ्जा । दैनिक उपभोग्य सामाग्री व्यवसाय गरेका २३ पसलमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन भएको छ । म्याद गुज्रेका सामाग्रीहरुको विक्रि वितरण गरेको जनगुनासो आएपछि प्रशासनले जिल्ला सदरमुकाम पुतलीबजारमा अनुगमन गरेको हो ।
सदरमुकाम स्थित उपभोक्ताले दैनिक उपभोग गर्ने कृषि, पशु र खाद्यन्नका बिक्रि गर्ने पसलहरु अनुगमन गरेको थियो । खाद्यन्नका १४, तरकारी १, मासुजन्य ५, रेष्टुरेन्ट २ गरी २३ पसलहरुमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
अनुगमनबाट प्रशासनले म्याद गुजे्रका दैनिक उपभोग्य सामाग्री बरामद गरेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीको नेतृत्वमा उपभोक्ता हित मञ्च, स्वास्थ्यकर्मी, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी लगायतको सहभागितामा पसलहरु अनुगमन गरिएको प्रशासनले जनाएको छ । मासु पसल, फलफुल पसल र खाद्यन्नका पसलहरुमा अनुगमन गरी म्याद गुज्रेका सामाग्रीहरु बरादम गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिइन् ।
बजारको अवस्था सामान्य देखिएको छ सप्रजिअ रेग्मीले भनिन्,‘पहिलो प्रथामिकता नागरिकको स्वास्थ्य सगँ जोडिएकाले कृषि, पशु र खाद्यन्नमा हाम्रो जोड हो ।’ यसको दायरा बढाउदै अन्य पशलहरुमा पनि हाम्रो अनुगमन हुने छ उनले भनिन् ।
अनुगमन गरिएपनि प्रशासनले कारवाहि भने अहिले सम्म कसैलाई गरेको देखिएको छैन । सुझाव दिने कामले मात्र बजारमा उपभोग्य बस्तुमाथी व्यवसायीको मनोमानी भने देखिने गरेको छ । यसको नियन्त्रण र दैनिक अनुगमन गर्ने अधिकार पाएको स्थानीय पालिकाहरु भने बेखबर जस्तै बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार