राप्रपा नेपालद्वारा चुनावी घोषणापत्र सार्वजनिक
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार २१:०:३९
२५ चैत, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा प्रमुख राजनीतिक दलहरुमा कायम रहेको सैद्धान्तिक विचलन, आन्तरिक विवाद एवं ह्रासोन्मुख नेतृत्व क्षमताको पृष्ठभूमिमा देशलाई अहिले एउटा बलियो नयाँ ‘वैकल्पिक राष्ट्रवादी लोकतान्त्रिक शक्तिको आवश्यक रहेको र त्यसमा राप्रपा सफल हुने दावी गरिएको छ ।
उसले राप्रपा नेपालका उम्मदेवारहरुलाई मत दिएर छान्नु पर्ने कारणहरूका रुपमा ५ कारण उल्लेख गरेको छ । राप्रपा नेपाल स्थानीय धार्मिक–सास्कृतिक पहिचान सहितको हिन्दूराष्ट्र पुनस्र्थापना प्रमुख कार्यनीति भएको एकमात्र दल भएको उल्लेख गरिएको छ ।
यस्तै राप्रपा नेपालले जनताको सर्वोच्चतालाई ग्रहण गरेकोले सुन्ने, हेर्ने र बोल्ने राजसंस्थाको पक्षमा नहुने उल्लेख गरिएको छ ।
पार्टीले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहलाई आदर्श पुरुष मान्नुका साथै पृथ्वीनारायण शाहको दिव्यउपदेशलाई आफ्नो पार्टीको मार्गनिर्देशक सिद्धान्त मान्ने उल्लेख गरेको छ ।
राप्रपा नेपालले नेपालको माटोमा प्रवर्धित सम्वद्र्धनवादलाई पार्टीको मूल दर्शनको रुपमा आत्मसात गरेको र अरू पार्टीहरुले भने मार्क्सवाद, लेनिनवाद, माओवाद, पूँजीवाद जस्ता आयातित विचारलाई मूलमन्त्र बनाएको उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
यस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार