गण्डकी प्रदेश सरकारद्वारा खेलकुद र स्वास्थ्यका १४७ पदाधिकारी बर्खास्त
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार २१:३७:२५
२५ चैत, पोखरा । गण्डकी प्रदेश सरकारले खेलकुद र स्वास्थ्यका गरी १४७ जना पदाधिकारी बर्खास्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई बर्खास्त गरेको हो ।
शुक्रबार मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले ११ जिल्लाका खेलकुदका पदाधिकारी र संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका पदाधिकारी बर्खास्त गर्ने निर्णय गरेको जानकारी दिए ।
प्रदेश खेलकुद विकास परिषदका अनुसार हरेक जिल्लामा १३ सदस्यीय खेलकुद समिति मनोनित गरिएको थियो । ती सबै ११ जिल्लाकै १४३ पदाधिकारी र अस्पतालका चार जनासहित कुल १४७ जना पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।
खेलकुदका पदाधिकारीको चार वर्ष र अस्पतालका पदाधिकारीको कार्यकाल तीनवर्षको हुने व्यवस्था सम्बन्धित ऐनमा छ । तर, कार्यकाल नसकिँदै खेलकुद मन्त्रालयको प्रस्तावमा खेलकुद समितिका पदाधिकारी र स्वास्थ्य मन्त्रालय तथा मन्त्रिपरिषदको कार्यालयले अस्पतालका पदाधिकारीलाई स्पष्टिकरण सोधेर हटाएको हो ।
युवा तथा खेलकुद मन्त्रालयले गत चैत ४ गते सम्बन्धित जिल्ला अध्यक्षहरुकै नाममा परिपत्र गर्दै स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश खेलकुद विकास नियमावली नबन्दै विभिन्न जिल्लामा जिल्ला खेलकुद विकास समितिमा पदाधिकारीहरु नियुक्त गरेका थिए ।
उनीहरुको कार्य चित्तबुझ्दो नभएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले स्पष्टीकरण माग गरेको थियो । मन्त्रालयले जिल्लाका अध्यक्षहरुलाई १५ दिनभित्र लिखित स्पष्टीकरण मागेको थियो । उक्त जवाफ चित्तबुझ्दो नभएको भन्दै मन्त्रिपरिषद बैठकले उनीहरुलाई हटाएको हो । गत वैशाख ५ गते जिल्ला खेलकुद विकास समितिमा पदाधिकारी नियुक्ति गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार