संसदको अंकगणित फेरबदल नभएसम्म गठबन्धन कायम राख्न कांग्रेसले बचन दिएको छः खाँण
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार २२:६:४८
२५ चैत, म्याग्दी । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले संसदको अंकगणितमा कुनै खास परिवर्तन नआएसम्म गठबन्धन कायम रहने बताएका छन् । उनले सरकारमा रहेका दलहरुलाई संसदीय गणितमा फेरबदल नहुन्जेल गठबन्त्रन कायम राख्ने बचन कांग्रेसले दिएको बताए ।
नेपाली कांग्रेस म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान सत्ता गठबन्धनले आगामी संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन तीनै तहसम्म निरन्तरता पाउने बताए । गठबन्धनमा आबद्ध दललाई समेटेर साथसाथै लैजानुपर्ने धारणा कांग्रेसको रहेको खाँणको भनाई छ ।
मन्त्री खाँणले नेपालमा दिगो शान्ति, संविधान, लोकतान्त्रिक मूल्य पद्धतिको रक्षा गर्दै कांग्रेसलाई महत्वपूर्ण भूमिकामा फर्काउन गठबन्धन गरिएको भन्दै गठबन्धनप्रति पूर्ण विश्वास गर्न कार्यकर्तालाई आग्रह गरे । उनले खोलो तरेर लौरो बिर्सन नहुने बताए ।
उनले भने, ‘ गठबन्धनका लागि हामीले अन्य दललाई वचन दिएका छाँ । नदीमा बाढी आउँदा लौरेले खोला तर्ने अनी पारी तरेपछि लौरो बिर्सन हुँदैन । नयाँ चुनाव भएर संसद्को अंकगणित फेरबदल नहुँदासम्म गठबन्धन कायम रहन्छ । संसदमा साथै भएका दलसँगको सहकार्यलाई निरन्तरता र हातेमालो गरेर संविधान, मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्ने मुख्य कार्यभारतर्फ कार्यकर्ता लाग्नुपर्छ ।’
खाँणले आमाका नामबाट वंशजका आधारमा नागरिकता पाउने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि नागरिकता ऐन बनाउन छलफलमा जुटेको पनि बताए । आमाका नामबाट नागरिकता नपाउँदा समस्यामा परेका बेनी नगरपालिका–७ का यास्मीन बेगम, समिर खान र सेनाज बेगमले उनलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
यस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार