उदार अर्थतन्त्रमा विश्वास गर्ने सरकार मुलुकलाई कसरी धनी बनाउने भन्ने चिन्तामा छः मन्त्री कार्की
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार २२:२७:४२
२५ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको सरकार उदार अर्थतन्त्रमा विश्वास राख्ने भएकाले देशको आर्थिक विषयमा सबैलाई सहभागि गराएर अगाडी बढ्ने पक्षमा रहेको बताएका छन् । उनले अहिलेको अवस्थामा सबैको साथ र सहयोगबाट मात्रै नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउन सकिने बताए ।
शुक्रबार नेपाल मोबाइल व्यवसायी महासंघको प्रथम साधारणसभाको काठमाडौंमा उद्घाटन गर्दै मन्त्री कार्कीले नेपाललाई दक्षिण एसियामै समृद्ध बनाउन सकिने धेरै आधार रहेको भन्दै पर्याप्त छलफलका आधारमा त्यसलाई सही ढङ्गबाट परिचालन गरी समृद्ध नेपाल निर्माणमा सबै पक्ष र क्षेत्रलाई साथमा लिएर सरकार अगाडी बढ्न चाहेको बताए ।
कार्कीले भने, ‘सरकार उदार अर्थतन्त्र र खुल्ला समाजमा विश्वास गर्छ । आज सरकारको अगाडि एउटै चुनौती छ कि मुलुकलाई यही पुस्ताले कसरी धनी बनाउने । यो चुनौतीलाई पूरा गर्न सबैले आ–आफ्ना क्षेत्रबाट इमान्दारी, समर्पण र प्रस्ट दृष्टिकोणका साथ अगाडि बढ्यो भने धेरै सहज र सम्भव छ ।’
उनले समग्र मोबाइल क्षेत्रमा देखिएका समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित भएको बताउँदै मेबाइल व्यवसायीको प्रमुख समस्या आयात भएकाले यो समस्याको समाधान गर्न नेपाल दूरसञ्चार संस्था प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तदारुकताका साथ लागू गर्ने बताए ।
‘सामाजिक परिचानसहितको व्यवसायी सुरक्षा’ भन्ने मूल नाराका साथ यही असार २०७८ मा स्थापना भएको महासंघ मोबाइल व्यवसायीहरुको छाता संगठन हो ।
महासंघका अध्यक्ष भरत भट्टराईले सरकारको नीतिनियमभित्र रही सञ्चालन भइरहेको मोबाइल व्यवसायलाई धराशयी बनाउन कर छली गरी ल्याइएका र ल्याइने अवैध सामग्रीमा पूर्ण रुपमा रोक लगाउन सम्बन्धित निकायसँगको सहकार्यमा पहल गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार