सिमराका उद्योगीलाई नेपालले भने,‘म कार्यकारी हैन, पहल गरुँला’
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार २३:२०:१२
२५ चैत, सिमरा । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिमराका उद्योग व्यवसायीलाई आफु कार्यकारी पदमा नभए पनि समस्या हल गर्न सहयोग गर्ने आश्वासन दिएका छन् ।
व्यवसायीले जितपुर सिमरा उपमहानगरपालिकाले गत असोजदेखि लागू गरेको एकीकृत सम्पत्ति करको विषय उठाएका थिए ।
शुक्रबार सिमरा आइपुगेका अध्यक्ष नेपाललाई उद्योगी व्यवसायीले कर बढेको गुनासो पोखेपछि नेपालले यस्तो आश्वासन दिएका हुन् ।
सिमरामा नेपालसँग उद्योगी व्यवसायीहरुले जितपुर सिमरा उपमहानगरले व्यवसायी र आम नगरवासीको ढाड सेक्ने गरी हजार प्रतिशतले सम्पत्ति करमा वृद्धि गरेको गुनासो सुनाए ।
संघीय सरकार मार्फत हस्तक्षेप गरेर कर हटाउन उनीहरुले नेता नेपालसँग आग्रहसमेत गरे । उपमहानगरले बढाएको करको दरलाई संघीय सरकारमार्फत हस्तक्षेप गरेर हटाउन पहल गरिदिन जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साहले नेता नेपालसँग आग्रह गरेका छन् ।
व्यवसायीसँगको भेटमा नेपालले आफू कार्यकारी अधिकारमा नभए पनि व्यवसायीको हित हुने गरी निर्णय गर्न पहल गरिदिने प्रतिवद्धता जनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार