अर्थमन्त्रीको अपराध लुकाउन गभर्नरमाथि कारवाही गरिएको ओलीको टिप्पणी
नेपालबहस संवाददाता
चैत २६, २०७८ शनिबार १८:४६:५४
२६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अर्थमन्त्री जनार्दन शर्माले गरेका गलत कार्यलाई ढाकछोप गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको बताएका छन् ।
उनले देशको अर्थतन्त्र विगार्ने काम मात्र नभई गम्भिर प्रकारका आर्थिक कृयाकलामा शर्माले गरेका अनेक कूनियत कार्य लुकाउन अधिकारीमाथि कारवाही भएको दावी गरेका छन् ।
सरकारले निलम्बन गर्नु गलन भएको बताएका छन् । उनले अर्थतन्त्र बिगार्ने मान्छे अर्कै भएको तर गभर्नरलाई अर्थतन्त्र बिगारेको आरोप लगाएर निकाल्नु भनेको ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भन्ने उखान जस्तै भएको प्रतिक्रिया दिएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको अर्थतन्त्र जोगाउन प्रयासरत गभर्नर महाप्रसाद अधिकारीलाई हटाउनुपर्ने अरु कारण नभएको बताए । उनले देशको वास्तविकता र अर्थतन्त्र बुझेका गभर्नरलाई सरकारले हटाएर सरकारले गलत गरेको बताए ।
अर्थमन्त्री जनार्दन शर्माप्रति इंगित गर्दै उनले ’धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भएको बताए । उनले भने, ’थुतुनाभरी रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको भ्यागुतालाई कारबाही गरियो ।’
गभर्नरमाथि छानबिन गर्नसमेत माओवादी केन्द्रको इशारामा समिति गठन गरिएको भन्दै ओलीले सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीलाई माओवादीको संज्ञा दिए ।
उनले भने, ’देशको अर्थतन्त्र जोगाउन खोज्ने अर्थतन्त्र बुझेका मान्छेलाई निलम्बन गरियो । माओवादीनिकट भनेर चिनिएका पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाइयो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार