ओलीले मदन भण्डारीको नाम भजाएर एमालेमा राजनीति गरिरहेको अध्यक्ष नेपालको आरोप
नेपालबहस संवाददाता
चैत २६, २०७८ आइतबार ०:०:२१
२६ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले मदन भण्डारीको नाम दुरुपयोग गरी एमालेमा राजनीति गरिरहेको आरोप लगाएका छन् ।
उनले एमालेका अध्यक्ष ओलीसँग क’नै राजनीतिक भिजन र सिदान्त नै नभएको बताएका छन् ।
काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै शनिबार नेपालल भण्डारीले ल्याएको राजनीतिक सिद्धान्त जनताको बहुदलीय जनवादलाई ओलीले गलतरूपमा प्रयोग गरिरहेको बताए ।
एमालेले मदन भण्डारीको नामको दुर्नाम गर्दा जबजको मान्यतामा कुठाराघात भइरहेको उनको भनाई छ ।
उनले एमालेमा रहेका इमानदार नेताहरू एकीकृत समाजवादीमा फर्किइरहेको दावइ गर्दै आफूहरूले नयाँ पार्टी गठन गरेर कम्युनिस्ट पार्टीको निरन्तरता बोकेको भनाई राखे ।
नेपालले अबको निर्वाचनमा कृषि, उद्योग, उत्पादन, वनको प्रयोग गरेर समृद्धिमा मुलुकलाई लैजानुपर्ने बताए ।
उनले विदेशबाट सीप सिकेर आएका युवाहरूको सीप नेपालमा सदुपयोग गर्नुपर्ने,विज्ञान र प्रविधिको प्रचूर मात्रामा सदुपयोग गरेर अगाडि बढ्नुपर्ने बताए । मुलुकको नेतृत्व गैरजिम्मेवार व्यक्तिको हातमा पुग्दा देशले दुःख पाएको उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार