एमालेमाथि जाइलाग्न बनेको गठबन्धन चुनाव अघिनै टुक्रिएर चोइटामा परिणत हुन्छः ओली
नेपालबहस संवाददाता
चैत २६, २०७८ आइतबार ०:३२:१७
२६ चैत, पर्वत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन चुनावसम्म टिक्नै नसक्ने र टिके पनि एमालेले नराम्रो गरी हराइदिने बताएका छन् । ओलीले उम्मेदवार चयन प्रक्रिया पुरा नहुँदै गठबन्धनमा फुट आउने दावी गरेका छन् ।
नेकपा एमाले पर्वतले स्थानीय तहको चुनावलाई लक्षित गरी आयोजना गरेको सभालाई सम्बोधन गर्दै एमालेले देशको विकास गरेको देखेर अत्तालिएकाहरुलाई अबको निर्वाचनमा फेरि एकल दुईतिहाइ बहुमत ल्याएर देखाइदिने चेतावनी दिए ।
अध्यक्ष ओलीले विकासको पहिलो लहर ल्याउने स्थानीय सरकार नै भएकाले पहिला स्थानीय सरकारमा एमालेलाई जिताउन पनि मतदातालाई आग्रह गरे । एमालेतिर जनताको लहर आएको भन्दै उनले पाँच दलीय गठबन्धनका टुक्राहरु र चोइटाहरु चुनाव अगाडी देखिने बताए ।
आफुले धेरै पटक अरिंगालको कुरा उठाएको र त्यसमा आलोचना भएको स्मरण गर्दै भने,‘ चुनावका बेला अरिंगाल के हो भन्ने थाहा हुन्छ । गठबन्धनलाई एमालेमाथि जाइलाग्न नहुने सन्देश दिनुपर्छ । मैले केही समयअघि नेकपा एमालेलाई टोक्न नखोज । अरिंगाले त गोलो चलायो भने टोक्छ भने एमालेलाई चलायो भने त्यसको दुर्गति हुन्छ भनेको थिएँ । निकै अरिंगालको कुरा गरे । अब थाहा हुन्छ अरिंगाल भनेको के हो । चुनावका बेला थाहा हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार