मसाल विभाजित, शर्मा नेतृत्वमा नयाँ समिति गठन
नेपालबहस संवाददाता
चैत २६, २०७८ आइतबार ०:५७:५७
२६ चैत, काठमाडौं । नेकपा (मसाल)को सांस्कृतिक मोर्चा औपचारिक रूपमा विभाजन भएको छ । रक्तिमले शनिबार संवाद डबलीमा ३६औं स्थापना दिवस मनाउँदै शर्माको अध्यक्षमा नयाँ कार्यसमिति घोषणा गरिएको छ ।
रक्तिमको संस्थापन पक्षले मसालसँग सम्बन्ध विच्छेद गर्दै नयाँ समितिको घोषणा गरेको हो । नयाँ समितिको उपाध्यक्षमा नीलिमा पुन, दलबहादुर बिक र मानबहादुर भण्डारी रहेका छन् । त्यस्तै, महासचिवमा उदय रिजाल, सचिवमा धर्मदेव पन्त र शरद लामिछाने चयन भएका छन् भने कोषाध्यक्षमा डम्बर भण्डारी चयन भएका छन् ।
मसालभित्र वैचारिक बहस चलिरहेको छ । पार्टी नेतृत्वले लिएको लाइनप्रति असहमति राखेपछि रक्तिमको संस्थापन पक्षलाई पार्टीले बेवास्ता गर्दै जिम्मेवारीविहीन बनाएको थियो ।
रक्तिमको बहुसंख्यक सदस्यहरूले संस्थापनको विचारसँग असहमति राखेपछि पार्टी रेम रानाको अध्यक्षतामा छुटै समिति बनाएको थियो । उक्त समिति अवैध भएको रक्तिम संस्थापन पक्षले दाबी गरेको छ ।
जनगायक जीवन शर्माको नेतृत्वमा २०४३ चैत्र २६ गते रक्तिम सांस्कृतिक अभियानको स्थापना गरिएको थियो । जीवन शर्माको पनि शर्माको नेतृत्वको नयाँ समितिलाई समर्थन रहेको बताइएको छ ।
घोषणासभामा बोल्दै अध्यक्ष शर्माले रक्तिमको ३५ वर्षको यात्रामा रक्तिमले अनेकौं आरोह–अवरोहको सामना गर्नु परेको जनाउँदै आफूहरू सर्वहारा क्रान्तिप्रति उत्तरदायी बनिरहने पनि बताए ।
जतिसुकै कठिनाइहरू आइलागे पनि रक्तिम आफ्नो लक्ष्यप्रति कहिल्यै विचलित नभएको र अबका दिनहरूमा पनि जनवादी सांस्कृतिक अभियान मार्फत नेपाली गरिखाने जनताको पक्षमा निरन्तर सेवा गर्ने पनि उनले प्रतिबद्धता जनाए ।
नयाँ कार्यसमितिलाई शुभकामना दिँदै जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष मातृका पोखरेलले पछिल्लो समयमा नेपाली समाजमा संस्कृति विचलन सबैतिर देखा परेकोप्रति चिन्ता व्यक्त गर्दै प्रगतिशील सांस्कृतिक कर्मीहरू अविचलितरुपमा अगाडि बढ्नुपर्ने बताए ।
रक्तिमका पूर्व अध्यक्ष नारायण योगीले रक्तिमको विरासतपूर्ण इतिहास र त्यसको प्रवाहलाई कसैले रोक्न खोजेर रोकिने भन्दा यो अझै शक्तिशाली भएर जाने बताउँदै युवा सांस्कृतिक कमीहरूलाई हौसला दिए ।
सो कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका युवा नेता चिरन पुनले नेपाली जनसांस्कृतिक इतिहासमा रक्तिमको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै, नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिए ।
पुनले आफ्नो पार्टीसँग वैज्ञानिक समाजवाद र समाजवाद प्राप्तिको लागि सहकार्य गर्न अनुरोध गरे ।
त्यसैगरी अखिल नेपाल जनसांस्कृतिक महासंघका उपाध्यक्ष मित्रलाल पंगेनीले नेपाली समाजमा विलक्षण क्षमता र सम्भावना भए पनि विभिन्न भागमा विभाजन हुनु दुर्भाग्य भएको बताउँदै, सम्पत्तिमात्रै निजी नभएर पार्टी र आन्दोलन पनि निजीकरण भएकोप्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा युवा बाम नेता रामबहादुर बुढाले नेपाली जनसंस्कृतिको यात्रामा रक्तिमको अतुलनीय योगदान रहेको र आगामी समयमा यसको अझ बढी आवश्यकता रहेको बताए ।
पत्रकार सेनानी गोविन्द सिंह थापाले रक्तिमले जनवादी आन्दोलनमा पु¥याएको योगदान कसैले मेटाउन नसक्ने र बरु अब यसलाई सशक्त बनाउनु पर्ने धारणा राखे ।
त्यस्तै, प्रेस सेन्टर नेपाल अनलाइन विभागका संयोजक तुलसी सापकोटाले रक्तिमको गरिमामय इतिहासलाई अझ सशक्त र प्रभावशाली बनाउने बाटोमा गएकोले आफूलाई खुसी लागेको बताए ।
सो कार्यक्रममा जनकलाकारहरूको सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने उपाध्यक्ष दलबहादुर विकको अध्यक्षता सम्पन्न भएको कार्यक्रमलाई महासचिव उदय रिजालले सञ्चालन गरेका थिए ।
रक्तिमको नयाँ कार्यसमिति रहेका कलाकारहरूमा शंकर पुन (गुल्मी), धनबहादुर थापा (बागलुङ), समीर वि.क. (रुपन्देही) पूर्ण राई ‘सर्वहारा’ (मोरङ) , खिमा पुन (म्याग्दी), ज्योति फौजा (पर्वत),पम्फा बन्जाडे (दाङ), माधव भाट क्षेत्री (कपिलवस्तु), बिमा पुन (गुल्मी), नरेश झुकाल (डडेलधुरा), प्रतिभा शर्मा (काठमाडौं), हिक्मत शाही (कालिकोट) छन् ।
यस्तै राकेश बस्याल (सुर्खेत), सुमन भण्डारी ‘संसार’ (प्युठान), कमला क्षेत्री (नवलपुर), सुजन थापा (कास्की), ईश्वर पाण्डे (बाँके) र कृति पुन (डोटी) । सदस्यको तीन स्थान हाललाई रिक्त राखिएको छ । सल्लाहकारहरूमा संयोजक नारायण योगी (दाङ), सदस्यहरू सुरेन्द्र भण्डारी (मोरङ) र नबिना के.सी. (काठमाडौं) । सल्लाहकार सदस्यको पनि दुई स्थान हाललाई रिक्त राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार