युनाइटेड र आर्सनल स्तब्ध, चेल्सी र टोटनहमको सानदार जित
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार १२:३४:३२
२७ चैत एजेन्सी । एन्थोनी गार्डेनको निर्णायक गोलमा इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड एभर्टनसँग स्तब्ध बनेको छ ।
एभर्टनलाई घरेलु मैदानमा जित दिलाउन गोर्डेनले २७ औं मिनेटमा गोल गरे । प्रिमियर लिगमा रेलिगेशन क्षेत्रभन्दा एक स्थानमात्र माथि रहेको एभर्टनले जितसँगै १८औं स्थानको बर्न्लीसँगको अंक दुरी चार अंक पुर्याएको छ । यता एभर्टनसँगको हारले युनाइटेडको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा स्थान बनाउने लक्ष्यमा धक्का लागेको छ ।
सातौं स्थानमा रहेको युनाइटेडले ३१ खेलबाट ५१ अंक जोडेको छ । जुन चौथो स्थानको टोटनहम भन्दा छ अंक कम हो । आइतबार भएको अर्को खेलमा आर्सनल पराजित हुँदा टोटनहम भने चौथो स्थानमा उक्लियो । टोटनहमले एस्टन भिल्लालाई ४-० को अन्तरमा हरायो । टोटनहमको जितमा ह्युन मीन सनले ह्याट्रिक गरे । यस्तै डेजान कुलुसेभस्कीले एक गोल गरे ।
जितसंगै टोटनहम ३१ खेलबाट ५७ अंक बनाउदै चौथो स्थानमा उक्लिएको छ । अर्को खेलमा चेल्सीले साउथह्याम्पटनलाई ६-० अन्तरले पराजित गर्यो । चेल्सीको जितमा मासो माउन्ट र टोमो वार्नरले समान दुई गोल गरे भने काइ हाभार्ट, मार्कोस एलेन्सोले एक एक गोल गरे । जितसंगै चेल्सी ३० खेलबाट ६२ अंक सहित तेस्रो स्थानमा छ ।
अर्को खेलमा आर्सनल ब्राइटनसंग घरेलु मैदानमा २-१ को अन्तरले पराजित भयो भने लिड्स युनाइटेडले वाटफोर्डलाई ३-० अन्तरले हरायो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार