मनोरञ्जन कर बुझाउन काठमाडौं महानगरको ताकेता
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार १३:५६:४०
२७ चैत काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन सम्बन्धित क्षेत्रलाई ताकेता गरेको छ ।
महानगरले सूचना निकालेर मनोरञ्जनसँग सम्बन्धित व्यापार व्यवसाय गर्ने व्यक्ति र संस्थालाई कर बुझाउन आग्रह गरेको हो । वाग्मती प्रदेशको प्रदेश आर्थिक ऐन, २०७८ को अनुसूची–३ ले तोकेको दररेट अनुसार महानगरभित्रका व्यवसायलाई राजस्व विभागमा कर बुझाउन भनिएको छ ।
दररेट अनुसार चलचित्र टिकटबापत ५ प्रतिशत, क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट प्रतिव्यक्ति ५० रुपैयाँ, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा रात्रिक्लब प्रवेश गर्ने ग्राहकबाट प्रतिव्यक्ति २० रुपैयाँ र सांस्कृतिक प्रदर्शन हल, थियटर वा नाटक घर, फनपार्क, वाटर गार्डेन, बालउद्यान, फुटसल, जुम्बा, मसाज एवम् स्पा, स्विमिङ्ग पुल, पार्क प्रवेश गर्दा एकमुस्ट प्रति टिकट ५ प्रतिशत बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
पुष १७, २०८१ बुधबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार