सोमबारबाट खनाल अवकासमा जाने भएपछि सशस्त्रमा नयाँ आईजीपी नियुक्त हुँदै
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार १६:५६:२२
२७ चैत, काठमाडौं । सरकारले आज वा भोलीसम्ममा सशस्त्र प्रहरी बलमा आईजीपी नियुक्तिको गर्ने भएको छ । अहिले सम्म कस्लाई बनाउने भन्ने तय नभएपनि भोलीदेखि सशस्त्रको मुख्य पद आईजीपी रिक्त हुँदैछ ।
हालका आइजीपी शैलेन्द्र खनाल भोलि (सोमबार)बाट अनिवार्य अवकाशमा जादैछन् । ३० वर्षे सेवा अवधिका कारण उनी अवकाशमा जान लागेका हुन् । उनीपछि एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्ये एकजनालाई सरकारले २१ दिनका लागि आईजी बनाउनुपर्ने छ ।
गृह मन्त्रालय स्रोतका अनुसार सोमबारभिमा उनीहरुमध्ये एकजनालाई सरकारले आईजीपीमा नियुक्ति गर्नेछ । तर, उनीहरूले वैशाख १९ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन् । केसी र पौडेलमध्ये जो आईजीपी बने पनि २१ दिन मात्रै सशस्त्र प्रहरीको कमान्ड सम्हाल्ने अवसर पाउनेछन् ।
२१ दिनपछि फेरि सशस्त्र प्रहरीमा नयाँ आईजीपी नियुक्ती हुनेछ । वैशाख १९ पछि बन्ने सशस्त्र प्रहरीको आईजीपीका लागि डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा हुनेछ । उनीहरू तीनैजना आईजीपीका बलिया प्रतिस्पर्धी हुन् । सशस्त्र प्रहरीमा हाल दुई एआईजी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
मंसिर २४, २०८१ सोमबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार