मतदान गर्ने समय एक महिना बाँकी रहँदासम्म ल्याएनन् दलहरुले चुनावी घोषणापत्र
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार १९:१:१२
२७ चैत, काठमाडौं । जुन सुकै निर्वाचनमा कुन दललाई किन मतदान गर्ने भन्ने प्रश्न आम मतदातामा आउँछ । आगामी स्थानीय तह निर्वाचन आउन अब ३३ दिन मात्र बाँकी छ । १३ दिनपछि मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन तालिका छ । तर, अधिकांश राजनीतिक दलहरूले पार्टीको नीति तथा कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरेका छैनन् ।
एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजुदर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणापत्र सार्वजनिक गरेका छैनन् ।
घोषणापत्रमा दलहरूका नीति तथा कार्यक्रम समेटिएका हुन्छन् । पार्टीको तर्फबाट निर्वाचनमा होमिएका उम्मेदवार निर्वाचित भएमा सोहीअनुसार पाँच वर्षे स्थानीय सरकार सञ्चालन गर्ने हुन्छ । जहाँ आर्थिक, सामाजिकदेखि भौतिक पूर्वाधार क्षेत्रमा विकासका एजेण्डा समेटिएका हुन्छन् ।
सत्ता नेतृत्व दलसमेत रहेको नेपाली कांग्रेका प्रवक्ता डा. प्रकाशशरण महतले चैत मसान्तसम्ममा घोषणापत्र तयारीको काम सकिने र ११ वैशाखमा सार्वजनिक गरिने बताए ।
११ वैशाख लोकतन्त्र दिवस हो । लोकतान्त्रिक दल भएका कारण घोषणापत्र सार्वजनिक गर्ने दिन उक्त दिनलाई तोकिएको प्रवक्ता महतले बताएका छन् । उनका अनुसार अहिले महामन्त्री गगनकुमार थापा नेतृत्वको घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरिरहेको छ ।
एमालेले भने कांग्रेसले भन्दा दुई दिनअघि ९ वैशाखमा घोषणापत्र सार्वजनिक गर्ने भएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा रहेको नीति अनुसन्धान प्रतिष्ठानले घोषणापत्र तयारीको काम गरिरहेको छ ।
एकीकृत समाजवादीले पनि घोषणापत्र तयारी गरिरहेको उपाध्यक्ष घनेन्द्र बस्नेतले बताए । मनोनयन अगाडि नै घोषणापत्र सार्वजनिक गरिने उनको भनाइ छ । जसपा, राप्रपा, नेमकिपालगायत दलले पनि तयारीको क्रममा रहेकाले घोषणापत्र केही दिनमा सार्वजनिक गर्ने जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार