मंगलबारसम्म उपकार लघुवित्तको आईपीओ भर्न पाइने, पाँच लाख बढीले दिए आवेदन
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार २०:५३:५५
२७ चैत, काठमाडौं । उपकार लघुवित्तको आईपीओमा भैत २९ गते मंगलबारसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले चैत २५ गते शुक्रबारदेखि बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन हो ।
आईपीओ निष्कानको पहिलो दिन पाँच लाख बढिले आवेदले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन पहिलो दिनमा परेकाले सर्वसाधारणले चैत २९ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन पाउने भएका हुन् ।
लघुवित्तले १०० अंकित मूल्यमा २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
निष्काशन गरिने कुल शेयरमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
कआईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कति कित्ताको लागि दिने आवेदन ?
उपकार लघुवित्तले सर्वसाधारणको लागि छुट्याएको २ लाख २१ हजार १५६ कित्ता नेपाल धितोपत्र बोर्डको निर्देशिका अनुसार गोलाप्रथा मार्फत बाँडफाँड हुँदा २२ हजार ११५ जना सर्वसाधारण आवेदकले १० कित्ताको दरले आईपीओ पाउनेछन् ।
कम्पनीले आईपीओ बाँडफाँड गर्दा ६ कित्ता भने एक्स्ट्रा हुन जान्छ । एक्स्ट्रा कित्ता आईपीओ पाउने ६ जनालाई १ कित्ताको दरले थपेर ११ कित्ता आईपीओ दिने व्यवस्था छ । यद्दपी कम्पनीको आईपीओ ६ जनाले ११ कित्ताको दरले पाउने भएकाले सर्वसाधारण लगानीकर्ताले २० कित्ताको लागि आवेदन दिदा उपयुक्त हुने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमति
मंसिर ७, २०८१ शुक्रबार