निर्वाचन खर्चबारे डा. कोइरालाको भनाइप्रति निर्वाचन आयोग संवेदनशील
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार २१:१३:५३
२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अध्याधिक खर्च गर्ने परिपाटी विकास भएकाले सच्चा र इमान्दार व्यक्ति निर्वाचन लड्न नसक्ने आवस्था आएको भन्दै राखेको अभिव्यक्तिलाई निर्वाचन आयोगले गम्भिर रुपमा लिएको जनाएको छ । कोइरालाले पहिलो पल्ट शनिबार निर्वाचन खर्चका विषयमा बताएका थिए ।
कांग्रेस नेता शशांक कोइरालाले शनिबार आफुले तीन वटा निर्वाचन लड्दा ९ कोरो माथि खर्च भएको र अब चुनाव लड्न नसकिने अवस्था आएको बताएका थिए । उनले अघिल्लो प्रतिनिधी सभा निर्वाचनमा ६ करोड खर्च भएको जानकारी कार्यकतालाई गराएका थिए ।
त्यो भन्दा अघिल्लो निर्वाचनमा ३ करोड खर्च भएको तर, अर्को निर्वाचन आउँदा दोब्रले खर्च बढेको भनि दिएको अभिव्यक्ति निकै संवेदनशील रुपमा लिएको आयोगले जनाएको छ । कोइरालाको भनाई निर्वाचन आयोगले दिएको खर्चको सीमा भन्दा धेरै परक देखिएको छ ।
आयोगका एक उच्च कर्मचारीले दिएको जानकारी अनुसार यस विषयमा आगुक्तहरुबीच छलफल हुनेछ । निर्वाचन आयोगले अघिल्लो निर्वाचनमा आफ्नो ६ करोड रुपैंया खर्च भएको भनी नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले दिएको अभिव्यक्तिलाई ‘नोटिस’मा लिँदै छलफल गर्ने भएको हो ।
निर्वाचन आचारसंहिता जारी भएको अवस्थामा निर्वाचन नजिकिदै जाँदा त्यसलाई नियन्त्रण गर्न कठिनाई हुने भन्दै आयोगले छानविन र कारवाहीका लागि योजना बनाउने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार