सेनाद्वारा सशस्त्र प्रहीलाई ५ सय ९० थान हतियार हस्तान्तरण
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार २१:३२:५८
२७ चैत्र, काठमाडौं । नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ५ सय ९० थान हतियार हस्तान्तरण गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई आइतबार पाँच सय ९० नाल हतियार हस्तान्तरण गरेका हुन् ।
सेनाले बाँकी हतियार तथा एम्युनिसन क्रमश हस्तान्तरण गर्दै लगिने जनाएको छ । सेनाले दिएका हतियारले यसबाट सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि हुने बताएको छ । यस्ता कार्यक्रमले सुरक्षा निकायहरूबीचको सम्बन्ध समेत थप बलियो हुने विश्वास नेपाली सेनाले लिएको जंगी अड्डाले जनालेको छ ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका जंगी अड्डाका अनुसार रक्षा र गृहसचिव, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारीहरूको उपस्थितिमा हतियार हस्तान्तरण गरिएको हो । सशस्त्र प्रहरी बलनेपाललाई तालिम, विशिष्ट र अतिविशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरू संचालन गर्ने प्रयोजनका लागि मन्त्रिपरिषद्को मिति २०७८ चैत्र २४ गतेको निर्णय बमोजिम नेपाली सेनाले सहयोग स्वरुप दिएको बताइएको छ ।
जस्मा ईन्सास राइफल नाल नौ हजार र एलएसडब्ल्यू नाल एक हजार छ सय गरी कूल १० हजार ६ सय नाल हतियार उपलब्ध गराउने छ । सोही अनुरुप, आज पहिलो चरणमा ईन्सास राइफल नाल पाँच सय र एलएसडब्ल्यू नाल ९० गरी कूल ५ सय ९० नाल हतियार हस्तान्तरण गरिएको हो,’ निर्देशनालयले भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार