रोयल इनफिल्डको आधिकारिक बिक्रेता त्रिवेणी समुहको अल्फा अटोमोटिभले पायो नेपालभर बिक्री अनुमती
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार २१:५५:३९
२७ चैत, काठमाडौं । बिश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभले नेपाल भर बिक्रि अनुमती पाएको हो ।
कम्पनीले आफ्नो बिक्रि, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ । प्रमोद श्रेष्ठ, जो गुफीको नामबाट प्रख्यात छन, उनलाई कम्पनीको कार्यकारी निर्देशक हर्ष संघाइद्वारा सम्मान गरिएको छ ।
प्रमोद श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र एकमात्र सबैभन्दा खारिएको राइडर हुन । उत्साही, साहसिक यात्रा गर्न रुचि राख्ने प्रमोद जी ले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र इंडियाको सफल यात्रा गरिसकेका छन् ।
सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयाबिधिमा रोयल इन्फिल्ड ३५० सि.सि. बाट पूर्व–पश्चिम राजमार्ग (मेची – महाकाली) चलाएर यात्रा गरी क्रीतिमान समेत कायम गरेका छन् ।
बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहनु भएका प्रमोद श्रेष्ठद्वारा यही अप्रिल २०२२ मा हुन गइरहेको सगरमाथा आरोहण (Teach 8848 Girls Against Child Marriage) अभियानलाई सफल बनाउनका लागी अल्फा अटोमोटिभले त्रिवेणी ग्रुपको कार्यलयमा एक कार्यक्रम आयोजना गरेर पाच लाखको चेक हस्तानतरण गरेको छ । साथै उक्त कार्यक्रममा रोयल इनफिल्डको झण्डा समेत सगरमाथाको शिखरमा पुर्याउनका लागी हर्ष संघाइबाट हस्तानतरण गरेका थिय ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेस्लाको रोबो ट्याक्सी 'साइबरक्याब' सार्वजनिक, के के छन् विशेषता ?
असोज २६, २०८१ शनिबार
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि
असोज ९, २०८१ बुधबार
न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा
भदौ २६, २०८१ बुधबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
रायो, पालुङ्गो, चमसुर, तोरी र मेथीको साग सस्तियो, अन्य तरकारीको मूल्य कस्तो छ ?
माघ २०, २०८१ आइतबार
१२ किलोको काउली फलाएका खत्री भन्छन्– ‘विदेश जाने सोच कहिले पनि आएन’
माघ २०, २०८१ आइतबार
टिप्ताला भञ्ज्याङसम्म पहिलो पटक मोटरसाइकल यात्रा
माघ २०, २०८१ आइतबार
लाहाखेतीबाट मनग्य आम्दानी
माघ २०, २०८१ आइतबार
कस्तो रहला आज देशभरको मौसम ?
माघ २०, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ २०, २०८१ आइतबार