कञ्चनपुरमा देउवा पक्षकै लेखक र साउदको विवादले गठबन्धन ओझेलमा
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार २२:१०:९
२७ चैत, कञ्चनपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समेत चासो रहेको कञ्चनपुरमा स्थानीय तहका उम्मेदवार छान्न झन सकस परेको छ । मुलतः सभापति देउवा निकट मानिएका नेता रमेश लेखक र एपी साउदबीत कडा टक्कर छ ।
कांग्रेसभित्रै केन्द्रीय तहका नेताहरुको विवादले गर्दा गठबन्धन दलमा चुनावी तालमेलन मिलाउन थप समस्या मात्रै परेको छैन, गठबन्धनमा भएका विषयहरु समेत ओझेलमा पर्दै गएका छन् । कांग्रेसमा केन्द्रीय नेताहरुकै विवादले गर्दा जिल्ला तहका नेता समेत अलमलमा परेका छन् ।
केन्द्रमा सत्तारुढ दलहरुबीच आगामी निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भए पनि जिल्लामा भने लेखक र साउदका कारण समस्या देखिएको छ । अर्कोतिर जिल्लामा नेपाली कांग्रेसका विभिन्न समितिले गठबन्धन नगर्ने बताएपछि चुनावमा कार्यगत एकतामा समस्या बल्झिएर जाने देखिएको छ ।
कञ्चनपुर नेपाली कांग्रेसमा नेता रमेश लेखक र एनपी साउदको गृह जिल्लासमेत हो । कञ्चनपुरमा नौवटा स्थानीय तह छन् । नौ पालिकामध्ये कांग्रेसका चारवटा पालिकाले गठबन्धन नमान्ने निर्णय गरेका छन् । जिल्लामा कोइराला समूहको पनि उपस्थिति रामै छ ।
कांग्रेसका पालिकाले विज्ञप्ति नै जारी गर्दै कांग्रेस एक्लै निर्वाचनमा जाने बताएका छन् । सदरमुकामसमेत रहेको भीमदत्त नगरपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाका कांग्रेसका पालिकास्तरीय कार्यसमितिले निर्वाचनमा तालमेल गर्न नसकिने बताएका हुन् ।
कञ्चनपुर प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको समेत चासो जोडिएको जिल्ला हो । ०६४ सालको संविधानसभा निर्वाचनमा देउवा कञ्चनपुरबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनीहरुले जिल्ला कार्यसमिति र केन्द्रीय समितिलाई गठबन्धन स्वीकार्य नहुने पत्र नै पठाएका छन् । यस्तो अवस्थामा कञ्चनपुरमा चुनावी तालमेलमा समस्या हुनसक्ने सम्भावना देखिएको छ । अधिकांश पालिकामा कांग्रेसले नेतृत्व दाबी गरेको छ । माओवादीले पनि कम्तीमा चारवटा पालिका पाउनुपर्ने बताउँदै आएको छ । एकीकृत समाजवादीको पनि दाबी छ ।
कांग्रेससभित्रको ब्यापक असन्तृष्टिका कारण पार्टीले जवरजस्ती गठबन्धन गरे पनि त्यसले निर्वाचनको नतिजामा असर पर्ने सम्भावना देखिएको छ । कञ्चनपुरमा नेता एनपी साउद र रमेश लेखकको छुट्टाछुट्टै गुट छ । उनीहरु दुवैले एक–अर्काको अस्तीत्व स्वीकार गर्दैनन् । कांग्रेसकै नेता–कार्यकर्ताहरुका अनुसार उनीहरु दुवै एकअर्काको समूहलाई हराउन सक्रिय छन् ।
केन्द्रमा जसरी पनि मिलेर जाने सहमति भएपनि जिल्ला र वडा तहसम्मै त्यसबारे विरोध देखिन्छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले भने गठबन्धनका विरुद्धमा बोलेका छैनन् । चर्को विरोधबीच साझा उमेदवार बनाए बागी उमेदवारी दिने तयारी कांग्रेसका नेता–कार्यकर्ताहरुले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार