महोत्तरीका कांग्रेस नेताहरूलाई सभापति देउवाले भने फर्किएर गठबन्धन गर्नू
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार २२:२९:०
२७ चैत, महोत्तरी । आगामी स्थानीय तह निर्वाचनमा महोत्तरीमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा अलमल सिर्जना भएपछि केन्द्रमा पुगेका नेपाली कांग्रेसका नेताहरू छलफल गरेर काठमाडौंबाट गृहजिल्ला फर्किएका छन् ।
नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव, पूर्व महासमिति सदस्य चिरन्जीवी हमाललगायतका नेताहरू छलफलपछि आज जिल्ला फर्किने क्रममा छन् ।
१५ वटै स्थानीय तहका सभापति, नेता, कार्यकर्ताहरूसँगको छलफलपछि केन्द्र पुगेका नेताहरूले जिल्लाका केही पालिकाहरू गठबन्धनको विपक्षमा रहेको रिपोर्ट गरेका थिए ।
केन्द्रमा शशांक कोइराला, शेरबहादुर देउवा, पुर्णबहादुर खड्का लगायतका नेताहरूसँग गठबन्धनको विषयमा छलफल भएको सभापति यादवले जानकारी दिए ।
जिल्लाका केही पालिकाहरूले गठबन्धन नगर्ने सम्बन्धमा निर्णय गरे पनि पार्टीको नेतृत्व तह भने गठबन्धन गर्नुपर्ने पक्षमा रहेको सभापति यादवको भनाइ छ ।
‘हामीले रिपोर्ट गरेपछि छलफल भइरहेको छ गठबन्धन त हुन्छ नै तर, कसरी र कुन मोडालिटीमा जाने भन्ने बिषयमा निश्कर्ष निक्लेको छैन ।’ सभापति यादवले भने ।
नेता चिरन्जीवी हमालले पनि पार्टी गठबन्धन कै पक्षमा रहेको बताए । ‘गठबन्धन गर्नु भन्ने निर्देशन हुँदाहँुदै हामी त्यसलाई नकार्न पनि त सक्दैनौँ,’ हमालले भने ।
हिजैमात्र गठबन्धन नगर्ने निर्णय गरेका बर्दिबास कांग्रेसमा पनि अलमल सिर्जना भएको छ । शीर्ष नेताहरूलाई भेटघाट गरेर फर्किएका नेताहरूले गठबन्धन हुने संकेत गरेपछि स्थानीय नेता कार्यकर्तामा पुनः निराशा देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार