सूर्योदयमा पहिलो ‘माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज’ हुँदै
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार २२:३५:४७
२७ चैत, इलाम । इलामको सूर्योदय नगरपालिकामा आगामी बैशाखमा पहिलो माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज हुने भएको छ । ११ किलोमिटर दुरीमा हुने प्रतियोिगता ३० बैशाखमा हुने आयोजकले जनाएको छ । प्रतिस्पर्धाका विजेताले २० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।
दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ नगदसहित ट्रफी पाउनेछन् । प्रतिस्पर्धामा ३० वर्ष वा सोभन्दा बढी उमेर समूहकाले सहभागीता जनाउन सक्नेछन् । हालसम्म इलामसहित, झापा, मोरङ, सुनसरी र पाँचथरका ५० जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको आयोजकका अध्यक्ष शरण फागोले जानकारी दिए ।
फिक्कल चोक बजारबाट सुरु हुने प्रतिस्पर्धा नयाँ चोक–केराबारी–आले– सहिद चोक– १० नम्बर वडा कार्यालय–फिक्कल रिङ रोड हुँदै चोक बजारमा पुगेर सकिनेछ । प्रतियोगीतामा सहभागी हुने ज्येष्ठ सदस्यलाई समेत सम्मान गर्ने कार्यक्रम छ ।
स्वास्थ्यको लागि साइक्लिङमा आकर्षित गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज कार्यक्रमको आयोजना गरिएको आयोजकका सल्लाहकार युवराज बस्नेत बताउँछन् । बस्नेत सूर्योदय क्षेत्रमा साइक्लिङ गर्ने पुराना मध्येका एक हुन् । उनले यस क्षेत्रमा साइक्लिङको आकर्षण बढ्दै गएको बताए । ‘पहिले म एक्लै थिए, अहिले १०(१२ जना भएका छौँ’, बस्नेतले भने, ‘यो कार्यक्रमपछि बढ्दै जान्छ भन्न आशा छ, अब कम्तीमा २० जना जति हुनुपर्यो ।’
पर्यटकीय नगरीको रुपमा परिचित सूर्योदयमा कोरोना माहामारीपछि खासै पर्यटकीय गतिविधि हुन सकेको छैन । प्रतियोगीताले खस्केको पर्यटनलाई उकास्न योगदान गर्ने आयोजकको अपेक्षा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा पाँचदिने महोत्सव हुने
कात्तिक २८, २०८१ बुधबार
आजदेखि राजविराज महोत्सव हुँदै
कात्तिक १५, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
असोज ३०, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार