नेपाली कांग्रेसले भन्यो, ‘उम्मेदवार सिफारिस गर्दा कुनै शुल्क नलिनू’
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार २२:४३:३९
२७ चैत्र, काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवार सिफारिसका लागि कुनै पनि शुल्क नलिन निर्देशन गरेको छ । कतिपय जिल्लामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा शुल्क लिएको समाचार आएपछि कांग्रेसले यस्तो निर्देशन जारी गरेको हो ।
केही दिन यता, पार्टीका तल्ला तहले शुल्क लिइरहेको भन्ने सूचनाका आधारमा कांग्रेसको केन्द्रीय कार्यालयले आइतबार उम्मेदवार सिफारिसकै लागि कुनै पनि शुल्क नलिन भनेको छ ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले ७७ वटै जिल्ला कार्यसमितिमार्फत् प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, सबै स्थानीय तह कार्यसमिति र वडा कार्यसमितिहरूलाई सर्कुलर गरेका छन् ।
पार्टीको विधानको व्यवस्था विपरीत हुने गरी कुनै पनि शुल्क नलिन पौडेलको निर्देशन छ । ‘पार्टीको विधान र नियमावली २०७६ को व्यवस्था बमोजिम पार्टीको क्रियाशील सदस्य तथा लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनुपर्ने सदस्यता शुल्क तथा अन्य सहयोग रकम (लेबी) बाहेक अन्य कुनै पनि किसिमको रकम लिन÷उठाउन नमिल्ने स्पष्ट व्यवस्था छ ।’
केन्द्रीय कार्यालयले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘कतिपय जिल्लामा उम्मेदवार सिफारिसकै लागि शुल्क लिइएको भन्ने कुरा विधान विपरीत हुन्छ, यसमा केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ ।’
मुख्यसचिव पौडेलले विधानले तोकेबमोजिमका शुल्कहरू भने उठाउन बाँकी भएको भए त्यसलाई उठाएर विधानको व्यवस्थाबमोजिम गर्न निर्देशन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार