भिभोद्वारा नेपालमा तीन नयाँ स्मार्टफोनहरु सार्वजनिक
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार २२:४८:४१
२७ चैत, काठमाडौं । आज, भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू–भि २३ फाइभजी, वाई ३३ एस र वाई ०१ नेपालमा सार्वजनिक गरिएका छन् । यी नयाँ स्मार्ट फोन प्रयोगकर्ताहरूलाई हरेक मूल्य विन्दुमा उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएका हुन् ।
भि २३ फाइभजी एक नविनतम स्मार्टफोन हो जुन उल्लेखनिय पोर्टहरू र सेल्फीहरूका लागि असाधारण फोटोग्राफी सुविधाहरू सहित ट्रेन्ड सेटिङ डिजाइन र उच्च प्रदर्शनका साथ आउँछ ।
भि २३ फाइभजी को ५० एमपी अटोफोकस पोर्ट«ेट सेल्फी, ६४ एमपी सुपर–सेन्सिङ क्यामेरा र ८ एमपी सुपर वाइड–एंगल क्यामेराले क्यामेरा प्रदर्शन र डिजाइन सुन्दरतामा नयाँ मापदण्डहरू कायम गरेको छ । यसको बाह्य स्वरुपले प्राकृतिक साथै एक अलग अद्भूत लुक र अनुभव दिन्छ । नविन बाह्य ग्रुपका लागि भिभोले मेटल फ्ल्याट फ्रेम डिजाइनमा रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन टेक्नोलोजीको प्रयोग गरको छ । जुन प्रत्यक्ष सूर्यको किरणमा रङ परिवर्तन भएर अझ बढि आकर्षक देखिन्छ ।
अत्याधिक अपेक्षा राख्ने उपभोक्ताहरू, स्टाइल–सचेत ट्रेन्ड सेटरहरू र उच्च–कार्यसम्पादन फोटोग्राफरहरूले भि २३ फाइभजीमा सुन्दर डिजाइन, प्रिमियम फोटोग्राफी सुविधाहरू र गेमिङका लागि फाइभजी प्रदर्शनका साथै महत्वपूर्ण कार्य र स्रोत वृद्धिकर एपहरूको एक आदर्श संयोजन पाउँनेछन् । भिभो नेपालका सिईओ माइकलले भने, ‘भिभोमा, हामी आफ्नो व्यक्तित्व झल्काउन साहसी एवं नयाँ तरिकाहरू खोज्ने प्रयोगकर्ताहरुका लागि नवाचार, अत्याधुनिक क्षमताहरू र स्टाइलको संयोजन गरी उत्कृष्ट मोबाइल अनुभव सिर्जना गर्ने प्रयास गर्दछौं ।’
भि २३ फाइभजीले विशिष्ट गुणस्तरीय सेल्फी र पोर्टशटहरूको लागि विभिन्न पक्षहरूमा उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ साथै हल्का तौल र सुरुचिपूर्ण डिजाइनले यसलाई फेशनेबल बनाउँछ तर अद्वितीय रङ–परिवर्तन विशेषताले गर्दा यो अन्यभन्दा अझ अलग छ ।
आज सार्वजनिक भएका तीनवटै स्मार्टफोनले प्रयोगकर्ताको मन जित्ने हाम्रो विश्वास रहेको छ’ भि २३ फाइभजीको डुअल–टोन स्पटलाइट र फ्रन्टको क्यामेराको एआई एक्स्ट्रिम नाइट पोर्ट मोडको साथमा उत्तम नाइट पोट्र्रेटहरूबाट अँध्यारो प्रकाशमा राम्रो सटहरू लिन सकिन्छ । मनमोहक दृश्यहरू खिच्न र विशेष पलहरू खिच्ने थप रमाइलो तरिकाहरूका लागि बहु–शैली पोर्ट सुविधा उपलब्ध छन् । भि२३ फाइभजीमा फोरके सेल्फी भिडियो पनि छ जहाँ प्रयोगकर्ताले उच्च स्पष्टताका साथ भिडियो खिच्न सक्छन । भि२३ फाइभजी ७.३९ एमएम अल्ट्रा–स्लिम बडी र मेटल फ्ल्याट फ्रेममा विविध आकर्षणका साथ बहु–शैलीका लागि योग्य बनाउँदै अद्वितीय लुक र अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।
डिजाइनलाई सुपर फाइन र टेक्स्चर अनुभूति प्रदान गर्न फ्लोराइट एजी ग्लासले समादर गरेको छ । जुन स्पर्श गर्दा नरम हुनुका साथै फिंगरप्रिन्टहरू प्रतिरोधी छ । भि २३ फाइभजीले मिडियाटेक डाइमेन्सीटी ९२० प्रोसेसर मार्फत फ्ल्यागशिप स्तरको कार्यसम्पादन प्रदान गर्दछ । गेमरहरूले ९० हर्ट्ज रिफ्रेस रेट डिस्प्ले, एक्सटेन्डेड र्याम २.०, लिक्विड कुलिङ सिस्टम र अप्टिमल गेमप्लेको लागि अल्ट्रा गेम मोडको साथ सुपर स्मूद प्रदर्शनको आनन्द लिन सक्छन् । भि २३ फाइभजीमा ४४ वाट फ्ल्यासचार्ज क्षमता पनि छ । जसले सुपर स्लिम ४२०० एमएएच (टाइप) ब्याट्रीलाई छिटो र प्रभावकारी रूपमा पावर अप गर्न सक्छ ।
वाई सिरिजका फोनहरु सार्वजनिक
वाई ३३ एस को सार्वजनिक सँगै ‘फिचर–रिच स्मार्टफोन्स’ मार्फत बजेट–अनुकूल श्रेणीमा अर्थपूर्ण नविनताहरू प्रदान गर्दै युवाहरू¬¬लाई लक्षित गर्ने भिभोको दृष्टिकोणलाई अगाडि बढाएको छ । ट्रिपल क्यामेराको संयोजनले सुसज्जित, भिभो वाई ३३ एस ले फोटोग्राफीलाई रचनात्मक अनुभव बनाउन ५० एमपी रियर क्यामेरा, २ एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेरा प्रस्तुत गर्दछ । ५० एमपी रियर क्यामेरा सेन्सरले व्यावसायिक क्यामेराको बराबर प्रकाश–इनटेक अनुमति दिन्छ र उच्च स्पष्टता फोटोग्राफीलाई पुनःपरिभाषित गर्दछ ।
यसबाहेक, सुपर नाइट सेल्फी आवाज घटाउने प्रविधि र औरा स्क्रिन लाइटले रातमा प्राकृतिक र स्पष्ट तस्बिरहरूका लागि प्रकाश प्रदान गर्दछ । वाई ३३ एसमा सुपर–शक्तिशाली, लामो समयसम्म चल्ने ५हजार एमएएच ब्याट्री, ५० एमपी रियर क्यामेरा, र १८ वाट्ट फास्ट चार्ज रहेको छ । स्लिम ८।० एमएम स्लीक बडीमा प्याक गरिएको उत्कृष्ट क्यामेराको साथ स्मार्टफोनले सिमलेस स्मार्टफोन अनुभव प्रदान गर्दछ । भिभो वाई३३एस अत्याधुनिक सुविधाहरू भएका पावर–प्याक्ड उपकरणहरू माग गर्ने युवाहरूको जीवनशैलीसँग मेल खाने र ‘अन द गो‘ जेनरेशनका लागि बनाइएको छ ।
वाई ०१ को स्टाइलिश थ्रीडी ब्याक कभरले सुसज्जित ८.२८ एमएम पातलो बडीले ट्रेन्डी लुक दिन्छ । यो एक सुपर स्लिम बडीसंग आश्चर्यजनक देखिन्छ र आरामदायक ग्रिप प्रदान गर्दछ । ठुलो ब्याट्री र प्रोसेसर भएपनि यो १७८ ग्राम तौलको अत्यन्तै हल्का स्मार्टफोन हो । ६।५१ इन्चको हलो फुलभ्यू डिस्प्लेले उत्कृष्ट स्ट्रिमिङ अनुभव प्रदान गर्दछ । यो डिभाइसमा ५००० एमएएच ब्याट्री रहेको छ जसले प्रयोगकर्ताहरूलाई हेलियो पी३५ प्रोसेसर र विशेष मल्टि–टर्बो ३.० टेक्नोलोजीद्वारा समर्थित २र ३२ जीबी र्यामको साथ एकै चार्जमा धेरै कामहरु गर्न र उच्च ग्राफिक गेमहरू चलाउन अनुमति दिन्छ ।
मूल्य र उपलब्धता
भिभोका तीन वटा स्मार्टफोनहरु–भि २३ फाइभजी, वाई ३३ एस, वाई ०१ आजबाट देशभर उपलब्ध हुने छन् । भिभो भि २३ फाइभजीको मूल्य ५५, हजार ९ सय ९९ रूपैयाँ रहेको छ ।
८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा सनसाइन गोल्ड र स्टारडस्ट ब्ल्याक रंगमा उपलब्ध हुने छ । वाई ३३ एस २९,हजार ९ सय ९९ रूपैँयामा ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा मिरर ब्ल्याक र मिडडे ड्रीम रंगमा उपलब्ध हुनेछ । वाई ०१ १३, हजार ९ सय ९९ रूपैँयामा २जीबी प्लस ३२ जीबी स्टोरेज भेरियन्टमा एलिगेन्ट ब्ल्याक र सेफाइस ब्लू रंग उपलब्ध हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार