स्थानीत तह निर्वाचनः ‘जसले दुई हजार रुपैयाँ दिन्छ, उसैलाई भोट’
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार २३:७:५८
♦ सुधा देव
२७ चैत, सप्तरी । आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसार र उम्मेदवार छनौटको तयारीमा राजनीतिक दल आन्तरिक तयारीमा छन् । ३० वैशाखमा देशभर स्थानीय तहको निर्वाचन हुँदै छ । आउँदो ११ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ । जस कारण राजनीतिक दलहरू उम्मेदवार चयनदेखि घोषणपत्र बनाउनेसम्मको काममा व्यस्त छन् ।
राजनीतिक दल र तिनका नेतालाई मात्र होइन आमनागरिकलाई पनि चुनावी माहोलले तताउँदै छ । कसलाई मत दिने र नदिने विचार बनाउँदै छन्, आममानिस पनि । आफ्नो पालिकाको विकास र समृद्धिमा योगदान दिन सक्ने योग्य व्यक्तिलाई मत दिनु नागरिकको कर्तव्य हो । तर, सप्तरीको राजविराज नगरपालिकाका स्थानीय भने जसले पैसा दिन्छ, उसैलाई भोट दिने बताउँछन् ।
प्रतिमत दुई हजार रुपैयाँ दिनेलाई मत दिने राजविराज नगरपालिका– १ कि ५५ वर्षिया राधा देवी रामले बताइन् । उनले दुई हजारका दरले पैसा दिनेलाई यसपालिको चुनावमा आफ्नो बस्तीका मतदाताले भोट दिने बताइन् । ‘गत निर्वाचनमा पनि पैसा लिएर भोट दिएको हो । यस वर्ष पनि जसले दुई हजारका दरले पैसा दिन्छ, उसैलाई भोट दिने हो,’ उनले भनिन् ।
भोट दिएबापत प्राप्त पैसा महिलाको हातमा पर्दैन । पैसा लिने विषयमा पुरुषले डिल गर्छन् । पुरुषकै निर्देशनअनुसार महिलालाई भोट दिन्छन् । मत दिन लिएको पैसा पुरुषले मादक पदार्थ खाएर सक्ने राधा बताउँछिन् । २५ वर्ष अगाडि भएको निर्वाचनमा उम्मेदवार हेरेर भोट दिएको भए पनि अहिले पैसा दिनेलाई दिन थालिएको उनको भनाइ छ ।
‘२५ वर्ष अगाडिको चुनावमा पनि मैले मत खसालेको थिएँ । त्यतिबेला यस्तो माहोल थिएन । पहिले जनताले मान्छेलाई चिन्थे । अहिले सबैले पैसालाई चिन्न थालेका छन्,’ उनले भनिन् । बाँँच्नका लागि पैसा आवश्यक रहेकाले पैसा दिनेलाई भोट दिनुपरेको स्थानीय ४० वर्षीया सोमनी मरिकले बताइन् । भोक टारेर बाँँच्न सकेमा पछि विकास हेर्न सकिने उनले बताइन् ।
‘हामीहरू बाँच्यौ भने न विकास हेर्ने हो । सधैँ आर्थिक संकट झेल्दै आउनु परेको हाम्रो समुदायको पहिलो प्राथमिकता नै पैसा हो । जसले पैसा दिन्छ, उतै हाम्रो समुदायले भोट दिन्छ,’ मरिकले बताइन् ।
चुनाव पैसामुखी भएको ७५ वर्षिया जितनी रामले बताइन् । ‘इमान्दारिता र काम गर्ने व्यक्तिलाई भन्दा पैसा दिनेलाई भोट दिने र नेताले पनि काम गरेरभन्दा पैसा बाँड्ने गरेकाले अहिलेका चुनावहरू पैसामुखी बनेको छ,’ उनले भनिन् ।
चुनाव जितेर काम नगर्ने नेतालाई भोट दिन नहुने स्थानीय ७० वर्षीया शिवनारायण रजक सुझाव दिन्छन् । ‘चुनावको बेला एक दुई हजारमा बिकेर फेरि काम नगर्ने नेतालाई जिताउने प्रवृत्ति स्थानीय स्तरमा बढेको छ,’ उनी भन्छन्, ‘यस्तालाई भन्दा काम गर्ने नेतालाई भोट दिनुपर्छ ।’ न्युज कारखाना
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार