मौरी पालनबाट वार्षिक १८ लाख आम्दानी
नेपालबहस संवाददाता
चैत २७, २०७८ सोमबार ३:३:११
२७ चैत, स्याङ्जा । स्याङजाको भीरकोट नगरपालिका ७ खिलुङ् देउरालीका रत्नबहादुर गुरुङ् मौरीपालन व्यवसायमा लागेको पनि झण्डै १७ वर्ष पुगेछ । २ वटा परम्परागत मौरीका घारबाट व्यवसाय शुरु गरेका गुरुङ्को मौरीपालन व्यवसाय यति बेला मौरी उद्योगमा परिणत भएको छ ।
गुरुङ्ले चिउरीखर्क मौरीघार उद्योग स्थापना गरी व्यवसाय गर्दै आएका छन् । वार्षिक रुपमा मह, गोलाघार, खाली घारबाट १८ लाख आम्दानी गर्दै आएको गुरुङ्ले बताए । उनले मौरीसहितको घार ९ हजार र खाली घार ४ हजार र मौरी मात्रै प्रतिगोला ५ हजारमा बिक्री गर्दै आएका छन् ।
मौरीपालन व्यवसायमा धेरै लगानी र दुःख गर्न नपर्ने भएकाले गुरुङ्ले दैनिक रुपमा बिहान बेलुका १०÷१२ घण्टा मौरीकै स्याहारमा बिताउँछन् । वार्षिक रुपमा २ सय गोलाघार, ३ सय खालीघार र मह समेत बिक्री गर्दै आएका गुरुङ्ले बजारी करणमा कुनै समस्या नभएको बताउँदै मौरीपालन व्यवसायमा श्रीमती र अन्य २ जना सहयोगीले सहयोग गर्दै आएको सुनाए ।
खाली मौरीका घार, मौरीसहितको घार, मौरी तथा महको नियमित बिक्रीवितरण गर्दै आएको गुरुङ्ले बताए । उत्पादन गर्दै आएको मौरी तथा घार स्थानीय तहले समेत खरिद गरेर अनुदानमा कृषकहरुलाई वितरण गर्दै आएको हौसिदै उनले जानकारी दिए । गुरुङ्को घरको बार्दली, झ्याल, घर पछाडि रहेको कर्सा लगायत वरिपरि सेरेना जातको मौरीका सेताम्मे घार देख्न सकिन्छ ।
गुरुङ्को मौरीपालन उद्योगमा हाल ९५ घार छन् । केहि घार मह उत्पादनका लागि र केहि घार विभाजन गरी घार बिक्रीका लागि तयारी अवस्थामा राखेका छन् । प्रति घारबाट ४ गोलामा रुपान्तरण गर्न सकिने गुरुङ्ले बताउँछन् । जेष्ठसम्म २ सय घार पु¥याउने र १सय २५ घार बिक्री गर्ने सोच बनाएको उनले बताए ।
करिब १७ वर्ष पहिले गुरुङले ‘गण्डकी बि कन्र्सन’बाट मौरीपालनका लागि२० खाली घार ल्याएका थिए । कन्र्सनबाटै आएका प्रशिक्षक स्व. सानुराम श्रेष्ठले ४ दिन लगाएर दुई घरबाट ४ घारमा रुपान्तरण गरेको देखेर सोहि समयदेखि गुरुङ्ले मौरीपालन तथा घार बिक्रीमा लाग्ने सोँच बनाएको स्मरण गरे ।
कारपेन्टरको अनुभव समेत रहेकाले आफ्नै फर्निचरबाट गुरुङले मौरीका घारहरु निर्माण गर्दै आएका छन् । मौरीको घारको लागि सिमल, बकाईनो, मौवा, उतिस जस्ता रुख उपयुक्त हुने गुरुङ्ले बताए । असोज, कार्तिक, मंसिर मौरी विभाजन र चैत्र, बैशाख, जेठमहिना मह निकाल्ने उपयुक्त समय मानिन्छ ।
सेरेनाजातको मौरीको न्यूटन बि टाईपको घार उपयुक्त हुने भन्दै मौरीले राम्रो मह उत्पादन गरेमा १५ दिनमा महदानीको साथबाट मह निकाल्न सकिने गुरुङले सुनाए । वार्षिक ५० देखि १ सय किलो मह उत्पादन गर्दै आएको उनले बताए ।
मौरी विकास शाखा ललितपुर, जिल्ला कृषिज्ञान केन्द्र कार्यालय लगायतका विभिन्न स्थानमा प्रदान गरिएका तालिम लिएका गुरुङ्ले जिल्ला कृषि ज्ञान केन्द्रबाट १ लाख ८० हजार अनुदान प्राप्त गरेको बताए । हरेक दिन हजारौँ युवाहरु विदेशी रहेका बेला गुरुङले आफ्नो सिप, बुद्धि र बललाई आफ्नै गाउँमा लगानी गर्न युवाहरुलाई आग्रह समेत गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार
ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना महानगरले शीघ्र कार्यान्वयन गर्ने
माघ १, २०८१ मंगलबार