सशस्त्रका आईजीपी शैलेन्द्र खनाल पदावधि सकिएर आज घर जाँदै
नेपालबहस संवाददाता
चैत २८, २०७८ सोमबार १२:८:२७
२८ चैत, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल आज चार वर्षे कार्यकाल पुरा गरी घर फर्कदै छन् ।
उनी सेवा अवधी सकेर घर फर्कन लाग्दा समेत सरकराले नयाँ आईजीपी बनाएको छैन । आज पुष्पराम केसी र रामशरण पौडेलमध्ये एक जना आईजीपी बन्दैछन् ।
खनालले आईजीपीको चार वर्षे पदावधिका कारण अवकाश पाउन लागेका हुन् । सशस्त्र प्रहरीको इतिहासमा ४ वर्षे पदावधि पूरा गर्ने उनी पहिलो आईजीपी हुन् । सशस्त्रमा सेवा अवधि, पदावधि र उमेर हदमध्ये एक कारणले अवकाश पाउने व्यवस्था छ ।
डीआईजी र एआईजीको पदावधि ४ वर्ष भएपनि सरकारले चाहेमा दुवै दर्जामा एक वर्ष पदावधि थप गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।
एआइजीहरु पुष्पराम केसी र रामशरण पौडेल दुवैको एक वर्ष थप भएको हो । पदावधि थप नभएको भए उनीहरूको गत वर्ष नै अवकाशमा गइसक्थे ।
वर्तमान आईजीपी खनालसहित एआईजीद्वय केसी र पौडेलले २०४९ बैशाख १९ गते नेपाल प्रहरीको निरीक्षकबाट सेवा सुरु गरेका थिए । २०५८ सालमा एपीएफ स्थापना भएपछि खनाल, केसी र पौडेल एपीएफमा गएका थिए ।
डीआईजीमा बढुवा हुँदा खनाल पहिलो, केसी दोस्रो र पौडेल तेस्रो नम्बरमा थिए । एआईजीमा एक्लो बढुवा भएपछि खनाल आईजीपी बन्ने पक्का भएको थियो ।
सशस्त्र प्रहरीमा आईजीपी हुन एआईजीबाट मात्र बढुवा गर्न सकिने व्यवस्था छ । नेपाल प्रहरीमा भने डीआईजीबाट पनि एआईजी बनाउन सकिने व्यवस्था छ।
सशस्त्र प्रहरीमा हाल प्राविधिकबाहेक एआईजीको दरबन्दी दुईवटा मात्र भएकाले सरकारले केसी र पौडेलमध्ये एकलाई एआईजीमा बढुवा गरेर वैशाख १९ पछि बन्ने अर्को आईजीपीका लागि एआईजीको ठाउँ बनाउनुपर्ने अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
मंसिर २४, २०८१ सोमबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार