सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दै, संयुक्त अपिल जारी हुँने
नेपालबहस संवाददाता
चैत २८, २०७८ सोमबार १२:१९:२४
२८ चैत, काठमाडौं । सात्तारुढ दलको गठबन्धन बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान ९ बजे बस्ने सत्ता गठबन्धनको बैठकले चुनाव परिचालन समितिले आइतबार गरेको छलफलको निष्कर्ष र सुझावहरूमाथि छलफल गर्नेछ ।
गठबन्धनका तर्फबाट सोमबारनै संयुक्त अपिल जारी गर्ने तयारी पनि गरिएको छ । संयुक्त अपिल जारी पछि स्थानीय तहमा गरिने तालमेल सहज हुने अनुमान पाँच दलका शीर्ष नेताहरुले गरेका छन् ।
आइतबार स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिले चुनावी तालमेल गर्दा स्थानीय सहमतिलाई जोड दिनुपर्ने निष्कर्ष निकालेको थियो ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको समितिले चुनावी तालमेल गर्दा स्थानीय तहमा पाँच दलबीच हुने सहमतिलाई प्राथमिकता दिने भन्दै समय समेत थप गरेको छ ।
गठबन्धनले सात प्रदेश, ७७ जिल्ला र ७५३ वटै स्थानीय तहसम्म चुनावी तयारीका लागि संयन्त्र गठन गरेको थियो ।
ती संयन्त्रमार्फत् सातै प्रदेशबाट प्राप्त सुझावहरूमाथि केन्द्रीय संयन्त्रले छलफल गरेर विभिन्न निष्कर्षहरू निकालेको हो ।
तलबाट प्राप्त भएका विभिन्न सुझावहरूमाथि छलफल गरी निस्किएको निष्कर्षहरूलाई सत्ता गठबन्धनको सोमबारको बैठकमा पेश गरिँदैछ ।
सबै तहबाट गठबन्धनको अवस्थाबारे रिपोर्ट नआएपछि बैठकले प्रदेश र जिल्ला तहलाई ०७८ चैत्र मसान्तभित्र पाँच दलीय बैठक राखी आवश्यक सहमति कायम गरी केन्द्रमा पठाउन निर्देशन गर्ने निर्णय गरेको छ ।
स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनका बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य अघि बढाउने बैठकको निष्कर्ष रहेको नेताहरुको भनाइ छ ।
पाँच दलीय संयन्त्रको स्थानीय तहमा गर्ने सहमतिलाई नै प्राथमिकतामा राखेर कुन स्थानीय तहमा कसले नेतृत्व गर्ने, कस्तो व्यक्तिलाई उम्मेदवार बनाउने भन्ने सहमति तल्लो तहबाटै आउँदा सहज समितिको ठहर गरेको छ ।
सोमबारको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यसबारे पनि थप निर्णय गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार