१७ जना प्रतिस्पर्धिबाट तेस्रो नेपाल आइस मिस उर्लाबारी छानिंदै
नेपालबहस संवाददाता
चैत २८, २०७८ सोमबार १६:१८:५६
२८ चैत, धरान । उर्लाबारीको होटल ग्रान्डको प्रांगणमा चैत्र २८ गते सोमबार साँझ आयोजना हुने नेपालआइस मिस उर्लाबारीको तेस्रो संस्करणको लागि १७ जना अन्तिम प्रतिस्पर्धि युवतीहरु ताज जित्ने होडमा छन्।
बीस दिन बिभिन्न क्षेत्रका विज्ञहरुबाट इपिएस, व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास सम्बन्धि प्रसिक्षणबाट खारिएका अन्तिम प्रतिस्पर्धिहरुबाट तेस्रो मिस उर्लाबारी २०२२ ,फर्स्ट रनर अप , सेकेन्ड रनर अप संगै मिस ट्यालेन्ट , मिस पर्सनालिटी ,मिस डिसिप्लिन ,मिस बेस्ट वाक ,मिस फ्रेन्डशिप ,मिस एथलेट ,मिस पब्लिक चोइस ,मिस फोटोजेनिक लगायतका सब टाइटल एवार्डहरु रहेका छन्।
बिजेताले पचास हजार नगद , फर्स्ट रनर अपले तिस हजार नगद र सेकेन्ड रनर अपले बिस हजार नगद संगै बिभिन्न पुरस्कारको व्यवस्था गरिएको छ।
मिस उर्लाबारीमा कुमकुम चौधरी , प्रमिषा धिमाल , विधा दाहाल , दिया दाहाल ,शाकिरा कार्की , सुष्मिता खत्री ,निहारिका भट्टराई , आस्था भट्टराई ,अभिशा रिमाल , अंकिता कटवाल ,ज्वाला लिम्बु , मनिषा थापा ,सोफिया लिम्बु , अंकिता बरुवाल ,नेलीना कट्टेल , चंचल शाह ,निशा धिमाल लगायतका प्रतिस्पर्धिहरु छन्।
सबिना पोदारको कोरियोग्राफी रहेको मिस उर्लाबारीको आयोजना सेन्ट्रल फेशन हब ,उर्लाबारी तथा बिशेष सहयोग उर्लाबारी नगरपालिकाको रहेको छ। यस अघि २०१३ मा नेमिता आङ्गबुहाङ्ग र २०१८मा रुशाली केसीले मिस उर्लाबारीको ताज जितिसकेका छन्।
स्थानीय युवतीहरुको प्रतिभा प्रस्फुटनको अभिप्रायले आयोजना गरिएको मिस उर्लाबारीमा प्रतिस्पर्धिहरुलाई निशुल्क सहभागी गरिएको र आउँदो वर्षबाट नियमित आयोजना गर्ने योजना रहेको आयोजक जीवन चिमरिया बताऊँछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कञ्चनजङ्घा हिमालको बेस क्याम्प जाने पदमार्ग देखिएका नाउर
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डोको साल्दाङ डोल्पा
मंसिर ९, २०८१ आइतबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
मंसिर ९, २०८१ आइतबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
आइतबार सुनको भाउ १७ सयले बढ्यो, तोलाको कति ?
मंसिर ९, २०८१ आइतबार